• चैत २, पथरी ।
    मोरङको इलाका प्रहरी कार्यालय पथरीले कानेपोखरी ७ पुर्व पश्चिम राजमार्ग किनार बाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई नियन्त्रणमा लिएको छ
    इलाका प्रहरी प्रमुख नायव उपरिक्षक दिलिप कुमार गिरीको टोलीले शनिवार कानेपोखरी ७ पुर्वपश्चिम राजमार्गको दक्षिण जङगल किनारमा ब्राउन सुगर प्रयोग गरिरहेको अवस्थाम पक्राउ गरेको जनाएको छ ।
    पक्राउ पर्नेहरुमा धरान उपमहानगर पालिका वडा नम्वर ५ देउराली वस्ने वर्ष ४६ को छत्र सुब्बा, धरान १३ बस्ने वर्ष ३८ को वीर वहादुर लिम्बु रहेको पथरी प्रहरीले जनाएको छ ।
    पक्राउ परेका उनिहरुको साथ बाट १ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर, को २ ह ६८१० नम्वरको टेम्फो रहेको छ ।
    गस्तीका क्रममा उनिहरुको क्रियाकलाप सङकास्पद लागेपछि खोजतलास गर्दा ब्राउन सुगर फेला परेको गिरीले बताए ।
    पक्राउ परेका दुबैलाई लागुऔषध ओसार पसार तथा कारोवारी अन्र्तगत मुद्धा दर्ता गरी आवश्यक कानुनी कार्वाहीका लागि म्याद थप गरी आइतवार जिल्ला अदालत मोरङ पठाएकोे छ ।
    पथरीमा पछिल्लो समय लागुपदार्थ कारोवारमा संम्लग्न, हातहतियार वेचविखनमा संम्लग्न, साइबर क्राइम, लगायतका घटनामा अदालतले दोषी ठहरिएकालाई पथरी प्रहरीले धमाधम पक्राउ गरिरहेकोे छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …