• पथरी,माघ-८

    मोरङको पथरीमा माघ २७ गते देखि फागुन ७ सम्म तेस्रो नगरकप फुटबल प्रतियोगिता हुने भएको छ । पथरीको बुद्ध युथ क्लब को आयोजनामा हुने सो प्रतियोगितामा पथरी शनिश्चरे भित्रका सबै वार्डको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका खेल संयोजक बिक्की राइले जानकारी दिए ।

    प्रतियोगिता संचालन गर्न करिब ३ लाख६३ हजार रुपया खर्च हुने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स,उत्कृष्ट फारवर्ड,उत्कृ्ट मिल्डफिल्डर, सर्बाधिक गोलकर्ता, सर्बकृष्ट खेलाडी, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक लाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।


    प्रतियोगिताको पहिलो हुने टोलीले ४० हजार ,ट्रफी र मेडल तथा दोश्रो हुने क्लबले २० हजार ट्रफी र मेडल पाउने क्लब ले जनाएको छ ।
    पथरीको पन्चायत माबीको खेल मैदान हुने प्रतियोगिता को दोश्रो संस्करणको उपाधी पथरी शनिश्चरे २ ले जितेको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…