• उर्लाबारीः आयोजकले लुटतन्त्र मच्चाएपछि सुनसरीको धरानमा जारी पूर्वाञ्चल सिंगिङ स्टारका प्रतिस्पर्धीहरुमध्ये केहीले प्रतियोगीताबाट फाईनल प्रतियोगितामा भाग नलिने घोषणा गरेका छन् । उर्लाबारीमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले वास्ताविक क्षमता हेर्नुभन्दा पनि टिकट बेचेकै भरमा विजेता छनोट गर्ने भएकाले प्रतिस्पर्धी र अभिवावकले सास्ती वेर्हाेनु परेको भन्दै प्रतियोगीताबाट बाहिरिएको बताएका हुन् । विवेचनाले यो विषयमा साँगीतिक प्रतियोगिताको नाममा कालो धन्धा भनेर यसअघि नै लेखिसकेको थियो । आयोजक बागिना कलाकेन्द्र धरानले इमोसनल ब्लाकमेल गरी टिकट बिक्री वितरण गर्न बाध्य बनाएको भन्दै मोरङ उर्लाबारीकी होमा डाँगी, मेलिना फुयाल र पथरीशनिश्चरेकी सम्झना राईले प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका हुन् ।

    कलाकारहरुको क्षमता उनीहरुले बिक्री गर्ने टिकटको संख्यालाई आधार मानेर निर्धारण गर्ने भएकाले प्रतियोगीताबाट बाहिरिएको पनि उनीहरुले बताएका छन् । उनीहरुले आयोजक बागिना कला केन्द्रले प्रतियोगीको क्षमता मूल्यांकन भन्दा पनि कमाउ धन्दामा केन्द्रित रहेको पनि आरोप लगाएका छन् । धेरै संख्यामा टिकट बिक्री गर्नेलाई नै क्रमशः बिजेता घोषणा गर्ने आयोजकले मापदण्ड तोकेकाले आफ्नो प्रतिभालाई सशक्त बनाउनेतिर भन्दा पनि धेरै टिकट बेच्ने होडबाजीमा सक्रिय बन्नु परेको प्रतियोगी मेलिना फुयालले बताईन् । जसरी पनि टिकट बेच्नै पर्ने, टिकट बिक्रीबाट जम्मा भएका रकम समयमा नै बुझाउँनै पर्ने नबुझाए प्रतियोगीताबाट हटाउने जस्ता दबाब केन्द्रका संचालक भक्तिराज राईले दिने गरेको अर्की प्रतियोगी होमा डाँगीले बताईन् ।

    आयोजकको यस्तो हर्कतले गर्दा मानसिन समस्या खेप्नु परेको पनि उनले बताईन् । पूर्वाञ्चल व्यापी प्रतियोगीता भनिएता पनि प्रतियोगीताको प्रशारण कुनै पनि मिडियाबाट गरेको पाइन्न् ।
    आयोजकले जसरी हुन्छ कम खर्च गरेर धेरै आम्दानी गर्ने योजनाका साथ यो प्रतियोगीताको आयोजना गरेको, प्रतिस्प्रर्धीहरुलाई मानसिक तनाव दिएको, टिकट बेचे बापतको रकम जतिसक्दो चाडो दिन ताकेता दिएको जस्ता आरोप उनीहरुले प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेका छन् । प्रतियोगीताले आफूहरुको पैसा र समय बर्बाद गरेकाले यसको क्षतिपूर्ती आयोजकले बेर्हाेनु पर्ने प्रतियोगी सम्झना राईले बताईन् ।
    आयोजकले १ सय बराबरको टिकट बिक्री गरे बापत २५ भोट प्राप्त गर्ने उर्दी जारी गरेको थियो । आयोजकले तोकिदिएको शर्त अनुसार, २ सयको बिक्री गरेमा ५० र १ हजारको टिकट बिक्री गरेमा २५० भोट पाउने छन् भने २ हजारको टिकट बिक्री गरे बापत ५०० सम्म भोट मिल्ने बताएको थियो ।
    प्रतियोगितामा १३ जिल्लाका गरी करीव १२ सय प्रतिस्पर्धीले सहभागिता जनाएकामा जजहरुले टप १५ को छनोट गरेका छन् । ५ महिना अघिबाट सुरु भएको प्रतियोगितामा उर्लाबारीका मात्रै ५ प्रतिस्पर्धी रहेका छन् । आयोजकले प्रतिस्प्रर्धीलाई बेच्न दिएको टिकटमा समेत टिकट नम्बर उल्लेख गरिएको पाईदैन् । अचम्म त के छ भने प्रतियोगीता ५ औं संस्करणसम्म आइपुग्दा पनि कार्यक्रम आयोजना हुदैँ आएको धरानवासीलाई समेत यसका बारेमा जानकारी छैन् । आयोजकले यस अघि पनि टिकट बेचेकै आधारमा बिजेता घोषणा गर्दै आएको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…