• सुचारु भएन गौरादह बजारको खानेपानी ;
    निर्माणकार्यको जिम्मा पाएको ठेकेदार कम्पनिको सुस्त कार्यसैलिले बजारबासी बने काकाकुल !

     

    युबराज रेग्मी
    चैत्र ३ गौरादह /
    झापा जिल्लाको गौरादह नगरपालिकाको मुख्य बजार गौरादह हाट बजारको भित्री भागमा सडक बिस्तारका निमित्त ग्रामिण सहरी बिकास परियोजना भद्रपुरले सडक निर्माणको सम्रचना अन्तरगत ब्यबस्थित ढल निकास निर्माणार्थ खनिएको संरचना छेत्रमा पर्ने गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले बितरणका निमित्त सन्चालित खानेपानी पाइप बिगत १५ दिन देखि अबरुद्ध भएको छ ।
    खानेपानीको पाइप अबरुद्द हुदा गौरादह बजार मध्यभागको पुर्बलाइनमा बसोबास गर्ने करिब १५ घरमा खानेपानी पुर्णरुपमा अबरुद्ध भएको हो ।

     

    सुन्दर नगर निर्माणको आस्वासन पाएका गौरादहबासीहरु निर्माण कम्पनीका बिकासे सास्ती पटक पटक भोग्न बाध्य भएका छ्न ।
    बिगत केही दिन देखि यहाका बासिन्दाहरुले खानेपानीको अभाब भएर ठूलो समस्या आइपरेको दुखेसो ब्यक्तगर्दै आएका छ्न ।
    हाल बिश्वका १२७ मुलुकमा फैलिइसकेको कोरोना ( COVID-19) भाइरसको संक्रमणको त्रासदीपुर्ण सनसनी समाचार आइरहेको अवस्थामा सार्बजनिक स्वास्थ र सरसफाइको मुख्य स्रोत (पानी )नै अबरुद्ध हुदा संक्रमणको थप जोखिमदर उच्च रहने जानकारहरु बताउछन ।

     

     

    चुनाब ताका कुर्सिको मोहमा लाखौ खर्च गरि पदलाई प्रतिस्ठाको बिसय बनाउने गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता कार्यसमिती सदस्यहरु भने यश बिसयमा पुर्णतया मौन जस्तै देखिएका छ्न ।
    त्यसै गरि विभिन्न ब्यानरमा आकर्सक प्रचार प्रसार गरि उपभोक्ताहरुको हितका सुसज्जित नारा सम्प्रेषण र प्रचार- प्रसार गर्दै आएका उपभोक्ता हक हित संरक्षण समिती तथा विभिन्न नामका सरोकार समितीहरु पनि यश गम्भीर बिसय लाई सम्बोधन गराउनका निमित्त हाल सम्म कुनै

    पहलमा लागेको पाइएको छैन ।
    यसरी सार्बजनिक स्वास्थ्य सग सम्बन्धित बिसयमा बेवास्था गरिदा जनमानसमा त्यसको प्रत्यक्ष असर र प्रभाब हुने निस्चित प्राय छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …