• , युबराज रेग्मी
    चैत्र ३ ,गौरादह /

    झापा जिल्लाको गौरादह नगर काङ्ग्रेस गौरादहको अगुवाईमा महामानव बि. पि. कोइरालाको सम्मानार्थ बि.पि. स्मृती भबन निर्माण गरिने भएको छ ।

     

    गौरादह नगरपालिका वडा न १ को जानकेस्वोर सिबालय मन्दिर परिसरको वाचनालयमा आयोजित नगर काङ्ग्रेसको बिस्तारित भेलाले उक्त भबन योजना निर्माण कार्यको निर्णय गरेको हो । योजना अन्तरगत गौरादह नगरपालिका वडा न २ मा पर्ने प्रोज्ज्वल कलेजियट एकेडेमी देखि २०० मिटर दक्षिणमा उक्त सुबिधासम्पन्न भनब निर्माम गरिने छ । भबन निर्माणका लागि जग्गा दानगर्ने दानबिर दाताहरु श्री टुराइ साह , मिना ताजपुरिया र भगिरथ ताजपुरिया लाइ कार्यक्रममा सम्मानित समेत गरिएको थियो । जस अन्तरगत टुराइ साह बाट १८ धुर त्यसै गरि मिना एबमभगिरथ ताजपुरिया बाट २ कठ्ठा जमिन दान गरिएको हो ।


    योजना सम्पन्न गर्न उक्त बिस्तारित भेलाले ७ वटा कार्यसमिती तथा उपसमिती सर्बसम्मत निर्माण गरेको छ ।
    कार्यसमिती निर्माणका निमित्त भिजन सहितको कार्ययोजना प्रस्तुतगर्दै गौरादह नगर काङ्ग्रेसका नगर सभापती श्री यादब राज सेडाइले समितीहरुलाई पारितका निमित्त हलमा निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो ।



    सर्बसम्मत पारित कार्य समितीमा पार्टीका विभिन्न तह तप्कामा रहनु हुने स्थानिय छेत्रीय प्रदेस र संघीय स्तरमा रहेर आफ्नो भुमिका निर्बाह गर्नुहुने विभिन्न ब्यक्तित्व साथै पार्टीमा सकृय र साधारण रुपमा योगदान गर्ने विभिन्न पेसागत भातृसंगठन तथा पार्टीका सुबेछुक संघ सस्थाका प्रतिनिधीहरलाई निर्माण व्यावसायिक प्राबिधिक इन्जिनियर तथा सल्लाहकार हरु लाई योजना निर्माण सम्पन्न गराउनका निमित्त अधिकार र जिम्मेवारी बाडफाड गरिएको छ ।

     


    योजना अनुरुप काम सुचारु भए निकट भबिस्यमा नै गौरादहमा एउटा सुबिधा सम्पन्न बि. पि. स्मृती भबन निर्माण हुने गौरादह नगरका नगर प्रमुख श्री रोहित कुमार साहले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…