मुम्बाइ ४ चैत । भारतमा कोरोना भाइरसको सङ्’क्रमणका कारण थप एक जनाको मृ’त्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृ’त्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ ।
भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । कोरोना भाइरसको कारण सङ्’क्रमित भई मृ’त्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ ।
गत बिहीबार कोरोना सङ्’क्रमित पहिलो व्यक्तिको मृ’त्यु भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृ’त्यु भएको थियो ।
यस अघि मृ’त्यु भएका दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृ’त्यु भएको र सङ्’क्रमितको सङ्ख्या १२५ पुगेको छ । रासस