• काठमाडौं, ४ चैत । नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाम तयारीका लागि ५४ कोठाको क्वारेन्टाइन बनाएको छ ।

    नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यक परेका खण्डमा उक्त क्वारेन्टाइनलाई प्रयोगमा ल्याउइने बताए ।

    ‘अहिले हाम्रो स्वास्थ्यकर्मीको टोलीलाई क्वारेन्टाइनबारे यहीँ तालिम दियौं । टेन्टलाई यहाँबाट हटाउँदैनौं । आवश्यक परेमा यसलाई नै क्वारेन्टाइन बनाउँछौं,’ उनले भने ।

    सेनाले आफ्ना बाहिनीहरूमा रहेका स्वास्थ्यकर्मीलाई समेत क्वारेन्टाइनबारे तालिम दिएको छ । बुधबार सेनाले क्वारेन्टाइन अभ्यास देखाउँदैछ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …