रंगेली । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाईरसको सक्रमण हुन नदिन रंगेली नगरपालिकाले जनचेतना तथा त्यसको तयारी संगै प्रचारप्रसार गरिरहेको छ ।
छिमेकी भारतमा समेत कोरोना भाईरस बाट मानिसहरुको मृत्यु संगै संक्रमितहरुको संख्या बढ्दै गएपछी भारत संग सिमा जोडिएका स्थानिय तहहरुमा त्यसको त्रास अझ बढ्दै गएको छ । त्यसको बाट जोगिनका लागीे सोमबार रंगेली नगरपालिकाको विपद्द व्यवस्थापन समितिको आकश्मीक बैठक बसी आठ बुदे निर्णय गर्दै सभा, सम्मेलन, तालिम, गोष्टी लगायतको कार्यक्रम नगर्न आग्रह आव्हान गरेको थियो ।
तर रंगेली नगरपालिकाको अनुरोधलाई लत्याउदै यहाका सहकारी संस्थाहरु ६ दिने आधारभुत सहकारी व्यवस्थापन तालिममा सहभागी भई कार्यक्रम सफल बनाएका छन् । नगरपालिकाले कोरोनाको सक्रमण नियन्त्रण नआउजेल सम्म लागी भेला जम्मा भई गरीने सभा, सेमिनार, तालिम र गोष्टी आयोजना नगर्न आग्रह अनुरोध गरी निर्णय गरेको थियो । तर सहकारी प्रतिक्षालयले रंगेली ७ स्थित मेलिना होटलमा आधारभुत सहकारी व्यवस्थापन तालिमको आयोजना गरी दक्र्षिणपुर्वी मोरङ्गका रंगेली, सुनवर्षि, रतुवामाई र धनपालथान गाऊपालिकाको २५ सहकारी संस्थाका प्रतिनिधिहरुलार्ई सहभागी गराएर बुधवार कार्यक्रम समापन गरीएको छ ।
तालिममा रंगेली नगरपालिका क्षेत्र भित्रका करिव १० वटा सहकारीहरुको सहभागीता रहेको थियो । रंगेली बाट सहभागीता जनाएको सदभाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले तालिममा सहकारी व्यवस्थापन सम्बन्धी कुरा सिक्न पाएका र कार्यक्रम सफल भएको बताउदै आफुलाई नगरपालिकाको आव्हान थाह नभएको प्रतिक्रिया दिए ।
यता कार्यक्रमको संयोजन रहेको जिल्ला सहकारी संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी समेत रहुन भएका डिल्ली पोखरेलले कार्यक्रम सार्वजनिक रुपमा नगरि भित्र हलमा रहेर इन्डोर कार्यक्रम गरीएकाले जोखिमलाई ख्याल गरेको बताउदै तालिममा सहभागी सहकारीहरुलाई थप कोरोना भाइरस सम्बन्धी जनचेतना दिदै जिल्ला सहकारी संघ जिम्मेवार भई अझ जिल्लाभरका सहकारी संस्थाहरुबाट आफनो सदस्य तथा सर्वसाधारहरुलाई साबुन पानिले हात कार्य सिकाउने कार्यको थालनी गर्न लागेको जानकारी दिए ।