उर्लाबारी । मिर्गाैला रोगबाट पीडित मोरङको उर्लाबारी–७ का ५१ वर्षीय टिकाप्रसाद श्रेष्ठको उपचारका लागि अभियान सुरु गरिएको छ ।
विहीबार पत्रकार सम्मेलन गरी टिकाप्रसाद श्रेष्ठ बचाउ अभियानले सहयोगका लागि आब्हान गरेको हो ।
२०६० सालमा भारतको केरेलामा पहिला पटक प्रत्यारोपण गर्नुभएका श्रेष्ठको पुनः मृगौलामा समस्या आएको छ । मृगौला पुनः प्रत्यारोपण गर्न ४० लाख रुपैयाँ खर्च लाग्ने भएपछि श्रेष्ठ सहयोगी हातको खोजीमा हुनुहुन्छ । सामाजिक ब्यक्तित्व श्रेष्ठको उपचारका लागि चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ ।
समितिको सदस्यमा प्रितम खड्गी, कृष्ण प्रधान, मदन गुरुङ, मणिलाल श्रेष्ठ र सरोज बस्नेत रहनुभएको छ । भारतको केरेला उपचाररत रहनु भएका श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गर्नुभएको छ ।
अभियानका संयोजक चन्द्रबहादुर श्रेष्ठले शिक्षासेवी तथा समाजसेबी टिकाप्रसादको जीवन रक्षाका लागि सबैले साथ र सहयोग गर्न अपिल गर्नुभयो । त्यस्तै, श्रेष्ठको उपचारका लागि मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।