• आजको पञ्चाङ्ग

    बि.सं. चैत ०७, २०७६ । इ.सं. 20 March, 2020 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । परिधावी उत्तरायण वसन्त । शुक्रवार चैत्र कृष्णपक्ष । तिथि एकादशी, ८:०६ बजे उप्रान्त द्वादशी । नक्षत्र श्रवण, १८:४८ बजे उप्रान्त धनिष्ठा । योग शिव, १३:४८ बजे उप्रान्त सिद्ध । करण वालव ८:०६ बजेदेखि कौलव, २०:३१ बजे उप्रान्त वणिज । चन्द्रराशि मकर । आनन्दादी योग धुम्र । दिनमान ३०।१२ । सूर्योदय ६:१० । सूर्यास्त १८:१५ । सर्वार्थसिद्धियोग १८:४८ बजेसम्म ।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ तथा शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । आज दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । कला र गलाको प्रभाव बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएको धन हात पर्ला । धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कारपनि पाइनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफन्त संग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्नेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योगछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्म विश्वासमा कमी आउनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । पदोन्नतीको सम्भावनापनि प्रवलछ ।

    - ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…