२०७६ चैत ७ शुक्रबार |
जुनु श्रेष्ठ, बिश्वभरी एउटा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ जुन गत डिसेम्बरमा चीनको वुहानमा देखिएको थियो। कोरोना भाइरसका कारण १० औं हजार जनाको मृत्यु भैसकेको छ भने लाखौं लाख मान्छे यस रोगको संक्रमित छन् ।
जसमध्ये चीन र इटलीमा मृत्यु हुनेको संख्या अन्य देश भन्दा बढी छ। हाल चीनमा संक्रमित रहेपनि मृत्यु दर पुर्ण रुपमा नियन्त्रणमा आएको तथ्यांक देखिन्छ तर इटलीमा भने मृत्यु हुनेको संख्या दिनानुदिन बढदो छ। संक्रमित देशहरुमा चीनसहित एसिया र युरोपमा ८० प्रतिशत देखिएको तथ्यांक छन् ।
कोरोना भाइरसको संक्रमण विस्तार हुन नदिन विश्वभरी नै कडा कदम चालिएपनि दिन प्रतिदिन संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। सामाजिक दूरी कायम गर्ने, सार्वजनिक कार्यक्रमहरु रद्द गर्ने तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको छ ।विभिन्न देशमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण रोक्नका लागि देशहरु आइसोलेसनमा जानु पर्ने, परीक्षण र उपचारको व्यवस्था हुनु पर्ने निर्देशन समेत दिसकेको छ।विश्वयुद्धपछि कै सबैभन्दा ठूलो चुनौतीको रुपमा उदाएको छ कोरोना भाईरस जसका कारण बिश्वको अर्थतन्त्र नै डमाडोल हुने स्थितीमा पुगिसकेको छ । बिकासका योजनाहरु पर धकेलिएका छन्।
बिश्वका सयौं देशहरु यसको महामारी फैलीरह्दा हाम्रो देश नेपालमा भने अहिलेसम्म कोरोना भाइरस कै कारण मृत्यु भएको छैन । छिमेकी देश चीन बाट सुरु भएको यो महामारी हाल अर्को छिमेकी देश भारतमा समेत देखा परिसकेको छ । हाम्रो देश खुल्ला सिमानाका कारण हामी सबैभन्दा खतराको अवस्थामा छौँ।
बिश्व स्वास्थ्य संगठनका अनुसार नेपाल दक्षिण एसियाकै सबैभन्दा बढी संक्रमणको खतरा भएको मुलुकको सुचांङ्कमा राखेको छ। नेपाल सरकारले केही सर्तकता अपनाएपनि खासै प्रभावकारी देखिदैन केही दिन अगि मात्र संक्रमणको रोकथाम गर्न उच्च सतर्कता भन्दै सरकारले विभिन्न निर्णयहरु गरेका छन्।
तर अझ भन्ने हो भने राज्यले यसलाई अध्यन र तयारी बिना नै हतारमा केही निर्णयहरु गरेको देखिन्छ। नेपाली शिक्षामा फलामे गेट मानिने एस ई ई परिक्षाको पुर्ण तयारी गरेर अघिल्लो दिन स्थगनको निर्णय लगाएत अन्य निर्णय पनि खासै प्रभावकारी रुपमा लागू हुने देखिदैन ।
करोडौं जनसंख्या भएको मुलुकमा सरकारले हालसम्म कोरोना भाइरसको चेकजाचको लागि पाँच सय वेडको मात्र व्यवस्था गरिएको देखिन्छ जुन उपचारकक्ष हाम्रो लागि अपुग देखिन्छ। देशमा सार्वजनिक कार्यक्रमहरु रद्द स्थगित गरेर, शैक्षिक संस्था बिदा दिएर,अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर मात्र सावधानी पुग्ने देखिदैन।
अहिले आम जनमानसमा त्रासको अवस्था उत्पन्न भएको छ। ठुला देखि साना व्यवसायीहरुको व्यापार ठप्प हुने अवस्थामा पुगेको छ। दैनिक ज्यालादारी र मासिक ज्यालादारीमा काम गर्ने मजदुरहरु लाई काम बिहिन हुने अवस्था सिर्जना भएको छ। दैनिक उपभोग्य बस्तुको अभाव सिर्जना भएको छ। कालाबाजारियाहरु सल्लबलाएका छन् अहिले यी आदि समस्या लाई तत्काल समाधान गर्न जरुरी देखिन्छ ।
संक्रमणको जोखिम नियुनिकरणका लागि राज्यले केहि कदम चाले पनि केहि अपुग देखिन्छ संचारपेसामा काम गर्ने संचारकर्मी जो समाचार संकलनका लागि अस्पताल देखि संक्रमित बिरामीको देखि संक्रमित जाँच गर्ने स्वास्थ्यकर्मी सम्म पुग्नु पर्ने हुन्छ विशेषगरी स्वास्थ्य बिट हेर्ने संचारकर्मीलाई काम गर्न विशेष डर पैदा भएको छ।
ती संचारकर्मीका लागी सम्बन्धित संचार क्षेत्र बाट संक्रमण बाट जोगिन उपाय खोज्न जरुरी देखिन्छ सम्भव भए सम्म आफू बसेकै ठाँउ बाट समाचार सम्प्रेषण गर्ने र केही सिमित सम्यन्त्र परिचालन गरेर पुर्ण सुरक्षा सहित रिपोर्टिङ गर्ने व्यवस्था राज्य र संस्थाले मिलाउनु पर्छ साथै स्वास्थ्यकर्मीहरु जो प्रत्यक्ष कोरोना संक्रमित भएका वा कोरोना भाईरस बोकेका तर लक्षणविहिनहरुसंग काम गर्नु पर्ने जस्तै डाक्टर, नर्स, ल्याबमा काम गर्ने लगायत अस्पताल सफाई गर्ने कर्मचारीहरुको सुरक्षा चाही कसले लिने ?
उनीहरु कतिको जोखिमा छन् भन्ने कसले बुझ्ने ? झन त्यसमा पनि निजी स्वास्थ्य संस्थामा काम गर्ने डाक्टर, नर्स, ल्याबमा काम गर्ने लगायत सरसफाई गर्ने कर्मचारीहरुको सुरक्षाको कसले ख्याल गरेका छन्? राज्यले ती कर्मचारीलाई भत्ता मात्र दिएर पनि के गर्नु जब उनीहरुको ज्यानको सुरक्षा छैन भने? आफ्नो ज्यान जोखिमा पार्दै मास्कको भरमा काम गर्नु पर्ने अवस्था छ।
राज्यले तत्काल पहल गरेर अस्पतालमा काम गर्दा कुनै पनि अस्पतालको ईमेर्जेंसी वार्डमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुलाई पूर्ण रुपमा सुरक्षाको कवज लगाउनु पर्ने व्यवस्था अस्पताल प्रशासक लगायत राज्यले सुनिश्चित गर्नु पर्ने जरुरी देखिन्छ। यसरी कोरोना भाईरस विश्वभर डडेलो लागेको रुपमा फैल्दै गई रहेको अवस्थामा रोग लाग्नु भन्दा रोकथाम गर्नु राम्रो र बुद्धिमता हो भन्ने तथ्यलाई आत्मसात गर्दै नेपाल सरकारले चाडो भन्दा चाडो सम्पुर्ण सुरक्षाको ख्याल गरोस् ।