•  युबराज रेग्मी चैत्र ८ झापा /

    झापा जिल्लाको गौरादह नगरपालिका वडा न ७ मा पर्ने ग्वाल्डुबा बजारमा हिजो बेलुका करिब ६ बजे तिर एकाएक अनौठो दृस्य देखियो ।

    नगरपालिकाको ७ नम्बर वडा कार्यालयकै अगाडि उर्लाबारीको एक फर्म बाट क्यारियरमा करिब ५०० जति कुखुरा ल्याएर माइकिङ गरि खुलेआम कुखुरा बिक्री बितरण गर्दै गरेको जानकारी प्राप्त भएको छ । यश अवस्था बारे हामिलाइ जानकारी प्राप्त भए पछि तत्काल सम्बन्धित वडा न ७ का वडा अध्यक्ष बलराम खरेल सग टेलिफोन सम्पर्क स्थापित गरेका थियौ ।

     

    टेलिफोन सम्पर्कमा उर्लाबारीको एक फर्म बाट ल्याएर प्रतिगोटा रु २०० का दरले कुखुरा बेच्दैगरेको अवस्थामा वडा अध्यक्ष सहितको टोलिले उक्त ठाउमा पसु पन्छी तथा मासुजन्य बस्तुहरु बिक्री बितरणमा पुर्णतया रोक लगाइएको जानकारी गराइएपनि अटेर गरि व्यापारी हरुले पुन केही समय पछि वहाँ हरुको निर्देसन लाई अवज्ञा गर्दै बजारको पश्चिम तर्फ रहेको दुर्गा मन्दिर परिसरमा लगि कुखुराहरु पुन बिक्रि गरिएको पाइएको अध्यक्ष खरेलले जानकारी दिएका छ्न ।



    हाल बिश्वका १७० भन्दा बढी मुलुक हरुला फैलिइसकेको कोरोना भाइरस ( कोभिड १९)को संक्रमण बाट वचन बिश्वभर सतर्कता अपनाइ रहेको अवस्थामा व्यावसायि बाट गरिएको यस्तो किसिमको ब्यबहारले स्थानिय ग्वालडुबा बासीहरु त्रसित बनेका छन । जुन बर्तमान अवस्थामा गैरकानुनी मान्न सकिन्छ ।



    मासुजन्य पसुपन्छि बाट उत्पन्न भएको आसन्खा गरिएको कोरोना भाइरस बाट बच्न आफ्नो दैनिक भोजनमा मासु तथा मासुजन्य परिकार कमि गरिनुका साथै खुल्ला रुपमा कुखुराको मासु बिक्रीबितरण गर्न कतिपय स्थानिय निकायले प्रतिबन्ध लगाइसकेको अवस्थामा झापाको गौरादह नगरपालिकाको वडा न ७ ग्वाल्डुबामा नजिकैको उर्लाबारी नगरपालिका बाट क्यारियरमा कुखुरा ल्याएर
    माइकिङ गरि भिडभाड जम्मा गरेर बिक्रीबितरण गरिएको कार्य एक्दमै निन्दनिय भएको स्थानियको गुनासो छ ।



    नगरपालिकाको अनुरोधमा स्थानीय व्यापारीहरुले स्थानीय बजार पनि बन्द गराएको अवस्थामा बाहिर बाट पशुपंछी ल्याएर प्रसार प्रसार गरि बिक्री बितरण गरिनु निन्दनिय देखिएको छ । यस्तो गम्भीर बिसय लाई तत्काल निगरानी तथा खबरदारी गरि सम्भाबित सन्क्रमण लाई रोक्नका निमित्त साबधानीमा सहयोग पुर्याउन सरोकार वालाहरुले सम्बन्धित निकाय सङ अनुरोध गरेका छ्न ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …