आजको पञ्चाङ्ग
बि.सं. चैत १०, २०७६ । इ.सं. 23 March, 2020 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । परिधावी उत्तरायण वसन्त । सोमवार चैत्र कृष्णपक्ष । तिथि चतुर्दशी , १२:१४ बजे उप्रान्त औंसी । नक्षत्र पूर्वभाद्रपदा, २५:०५ बजे उप्रान्त उत्तरभाद्रपदा । योग शुभ, १३:५६ बजे उप्रान्त शुक्ल । करण शकुनि १२:१४ बजेदेखि चतुष्पद, २५:१४ बजे उप्रान्त वव । चन्द्रराशि कुम्भ । आनन्दादी योग मुसल । दिनमान ३०।२४ । सूर्योदय ६:०६ । सूर्यास्त १८:१६ ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । वोलीको भरमा कार्य सम्पादन हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । लाभदायक यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नजिक व्यक्तिबाट धोका पाईन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्या आउला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा चञ्चलता बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।
- ज्यो.प. नारायणप्रसाद दुलाल