• " समाचार प्रबाहमा चुनौती "

    चैत्र १०, गौरादह /

    बिश्वभर महामारिको रुपमा फैलिदैगएको कोरोना भाइरस ( कोभिड १९ ) ले हाल बिस्व लाइनै आक्रान्त बनाइसकेको छ ।

    दिनानुदिन यश महामारिले बिश्वका अधिकाम्स मुलुकहरु प्रभाबित भैसकेका छन । तेस्रो विश्व युद्द जस्तो आभास भएको यो जैबिक युद्धका सम्पुर्ण घटनाक्रमहरु हाम्रो मानसपटलमा दैनिक रुपमा एक दर्बिलो रुपमा बाध्यताबस घुमी रहेका छन ।

    यस्ता महामारि लगायतका सम्पुर्ण सुचना तथा समाचारहरु प्राबिधिक युगको फड्को संगै निमेष भरमै हामी थाहा पाउन सक्ने अवस्थामा छौ ।
    चाहे रेडियो, टेलिभिजन, पत्रपत्रिका, डिजिटल पत्रीका अथवा सामाजिक सन्जालमा पोस्ट र सेयर हुने सामाग्रीहरु सूचनाको रुपमा हाम्रो वरिपरि असरल्ल छरिरहेको हामीलाई सर्ब स्विकार्य छ ।

    यस्ता सुचना तथा जानकारीहरु उपलब्ध गराउने साना देखि ठुला संचार माध्यमहरुले हाम्रा निम्ति मेहेनतका साथ सुचना तथा जानकारी सम्प्रेषण गर्न तल्लिन रहेको पाइन्छ ।

    यसै प्रसङ्गमा हिजो बेलुका सन्चार माध्यममा आदर्सनगर बिरगन्जका शिव कुमार रुगटा लाई कोरोना सन्क्रमण भएको समाचार एकाएक भाइरल बनेको थियो ।

    बिरगन्जको उक्त समाचार लाई धेरै अनलाइन हरुले रफ्तारमा न्युज ब्रेक गरेका थिए । त्यहि रफ्तारको भिडमा news 24 टेलिभिजन पनि न्युज ब्रेकमा परेको थियो ।

    अन्तत हामिलाई सुचना जानकारी सम्प्रेषण गर्ने टेलिभिजन News 24 को प्रसारण लाई उधृत गर्दै अन्य सन्चार माध्यमले सन्क्रमित भनिएका रुङटा लाई कोरोना नभएको पुष्टि भएको समाचार सम्प्रेषण गरि News 24 लाई काउन्टर दिएका समचार प्रसारण गर्दै गरेको क्याप्सन पोस्ट गर्दै अन्य मिडियाकर्मीहरु News 24 प्रती खनिएको देखिन्थ्यो ।

    म पनि एक सन्चारकर्मी भएको नाताले गर्दा मलाई पनि त्यस्ता गलत समाचार आउनु हुदैन भन्ने लाग्छ तर कहिलेकाही त्यस्तै भइदिन्छ ! हामिलाई थाहा छ हामिले चलाउने मेसिनको पनि सत प्रतिसत कार्यछ्यमता ( 100% एफिसेन्सी ) हुदैन । फेरि यो विषम परिस्थितीमा कसैलाइ यश कहरले नछोला भन्न सकिन्न । समाचार संकलनमा चुनौती थपिएको छ ,समाचार संकलनको मोडालिटी फरक भएको छ । सन्दर्भहरु प्रत्यक्ष भेटेर वा घटना भएको ठाउमा गएर संकलन गर्नु सन्क्रमणकालमा चुनौतीपूर्ण नै रहन्छ । साबधानी सबैले अपनाउनु आवस्यक देखिन्छ ।

     

    हिजो चैत्र ०९ गतेको बिरगंजको केस हल्ला नहुनु भइसक्यो । यश लाई एउटा पाठको रुपमा लिन सकिन्छ । यसमा News24 लाई मात्र दोष दिएर हुन्न । समाचार तयारिको सन्दर्भमा सुरुवातमा सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा रुङटा कोरोना भाइरस बाट संक्रमित भएको कुरा लेखेपछि देशभर सनसनी मच्चिएको थियो ।

    त्यस पश्चात् पर्साका सिडिओ विष्णु कुमार कार्की र सहायक सिडिओ ललित कुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर News24 लाई प्रतिक्रिया दिएपछि सिंगो देश थप आतंकित बनेको थियो ।

    साथै उनको परिवारका सदस्यले समेत News 24 को प्रत्यक्ष फोन सम्पर्कमा कोरोना पोजेटिभ भएको स्विकारेको देखिन्छ ।

    सिडिओ कार्की र सहायक सिडिओ ललित कुमार बस्नेतले हल्लाकै भरमा रुंगटामा संक्रमण देखिएको प्रतिक्रिया मात्रै दिएनन्, उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्न घरमा सुरक्षाकर्मीसमेत पठाएका थिए ।

    उनले लेखेका थिए,
    "भारत बिहार पटनाको पिएमसिएच अस्पतालमा भर्ती भएका वीरगन्ज निवासी ७६ वर्षीय शिवकुमार रंगटाको कोरोना (कोभिड–१९) पुष्टि भएको खबर छ ।"

    वीरगन्ज आदर्शनगरका शिवकुमार रंगटा खदान व्यवसायी हुन् ।’ तर आफूले लेखेको खबर गलत साबित भएपछि साम्सद यादवले स्टाटस मेटेका छन् ।

    समाचार पुष्टि गर्ने मुख्य आधार अस्पताल हो । तर अस्पताल भारतको पटनामा रहेपछि उनको परिवारका सदस्य र प्रशासनलाई पुष्टिको आधार बनाइएको देखिन्छ । अन्य विश्वासिलो आधारका श्रोतहरु खोतल्न नसक्दा यो समस्या आएको देखिन्छ । यो समाचार News 24 लगाएत अन्य अनलाइनका साथै अन्तर्राष्ट्रिय चर्चित मिडिया अलजजिराले समेत प्रशारित गरेको थियो ।

    इतिहासले केही सिकाउदैन तर आफूबाट सिकिएन भने इतिहासले ठूलो दण्ड दिन्छ । यो आफ्नै पाठ हो यसबाट सिकौं । नियतवस भएको देखिदैन । समाजमा फैलिएको हौवा चिर्न News 24 सक्रिय देखिन्छ । तर परिस्थितिले न्यूज २४ आफै सिकार भएको मात्र हो ।
    यसलाइ गल्तिलाइ अन्य सन्चार माध्यमले काउटर न्युज बनाउदै ब्यबसायिकरण गर्न तथा सन्चारकर्मी मित्र हरुले सन्जाल तताउने कार्य गर्नु उचित नहोला ।

    किनकी आज सारा विश्व सिङ्गो कोरोना संग लड्दै गरेको अवस्था छ । सम्पुर्ण मानबजातिको कल्याण होस , यश कहरलाई जित्न नसकी अकालमा मृत्युुवर्ण प्राप्त गर्ने मानव जाती तथा जिबजन्तुको आत्माको चिर सान्तिको कामना गर्दछु ,धन्यबाद ।

    युबराज रेग्मी
    ( सन्चार कर्मी )
    झापा सम्बाददाता , हाम्राकुरा डट कम

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …