चैत १०, पथरी ।
कोरोना भाइरस रोकथामका लागि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको नेपाल तरुण पथरी शनिश्चरे नगर कमिटीले पालिकाको सर्वाजनिक स्थलमा हात धुने व्यावस्था गरेको छ ।
कोरोना भाइरसको संक्रमण नेपाल प्रवेश गरे सगै तरुण दलले पालिका क्षेत्रका वस स्टेण्ड, इलाका प्रहरी कार्यालय, टा«फिक प्रहरी कार्यालय लगाएत अन्य सार्वजनिक स्थलमा हात धुने व्यावस्था मिलाएको कार्यक्रम संयोजक भुपेन रनपहेलीले बताए ।
काठमाडौंमा चैत १० गते कोरोना भाइरस संक्रमित बिरामी भेटिएको पुष्टि स्वाथ्य मन्त्रालयले गरे सगै थप सर्तकता अपनाउनु पर्ने आश्यक रहेको नेपाली कागे्रसका क्षेत्रिय सभापति गणेश खड्काको भनाई छ ।