चैत १०, पथरी ।
कोरोनाको उच्च संक्रमण बृद्धबृद्धाहरुमा हुने भन्दै पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १ र २ ले चैत ११ गते देखि सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने भएको छ ।
सामाजिक सुरक्षा भत्ता लिन बृद्धबृद्धाहरु बैकं सम्म आउदा उनिहरुमा संक्रमण फैलन सक्ने भएको कारण घर–घरमै लैजाने व्यावस्था मिलाएको वडा नम्वर १ का वडाध्यक्ष बाबुराम येङदेनले बताए ।
वडाले असक्त नागरिकहरूकोे परिचय पत्र र नागरीकताको फोटोकपी सहित वडा कार्यालयमा सम्पर्क गरि फोन नम्वर टिपाउन सेवाग्राहीको परिवारलाई अपिल गरेको छ ।