•  

    आजको पञ्चाङ्ग

    बि.सं. चैत ११, २०७६ । इ.सं. 24 March, 2020 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । परिधावी उत्तरायण वसन्त । मंगलवार चैत्र कृष्णपक्ष । तिथि औंसी, १४:१६ बजे उप्रान्त प्रतिपदा । नक्षत्र उत्तरभाद्रपदा, २७:४१ बजे उप्रान्त रेवती । योग शुक्ल, १४:२८ बजे उप्रान्त ब्रह्म । करण नाग १४:१६ बजेदेखि किंस्तुघ्न, २७:१९ बजे उप्रान्त कौलव । चन्द्रराशि मीन । आनन्दादी योग सिद्धि । दिनमान ३०।२८ । सूर्योदय ६:०५ । सूर्यास्त १८:१७ ।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यमा समेत समस्या आउनेछ, अत: सजक रहनु होला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्यपनि आउन सक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्ममा मन लाग्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योगछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मुद्दा मामिला आइलाग्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

    - ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…