• लक डाउन नेपाल सरकार र निमुखा जनता

    चैत्र ११; गौरादह /
    बिश्वभर महामारिको रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ को आक्रमण संक्रमणले ऐले विश्व चकित छ । बिश्वका १९० भन्दा ज्यादा देस हरुमा यो रोग फैलिइसकेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन ।फ्रान्स बाट आएकी एक महिला लाई कोरोना संक्रमण भएको पुष्टि हिजो चैत्र १० गते नेपाल सरकारले औंपचारिक जानकारी गराए पस्चात तत्काल देस लाई लक डाउनमा लैजाने सरकारको निर्णय स्वागत योग्य छ । तथापी यसले पुर्याउने साबधानी र प्रभाबको बारेमा भने सरकार पुर्णरुपमा जिम्मेवार देखिएको छैन ।

    हुनत बिगतको अनुभव लाई हेर्दा सरकार ढिलै निर्णय गर्छ दबाब र प्रभाव सहन्छ त्यसपश्चात् मात्र जनतामाझ आउने गर्दछ । कोरोनाको सन्क्रमण नियन्त्रण गर्ने एक उपाय
    "लक डाउन " यश समयमा मानिस हरु आफ्नो अत्यावश्यक काम बाहेक अन्य काममा घर बाहिर निस्किन पाउदैनन । यश नियम उल्लंघन गरेमा जरिमाना तथा सजाय हुने ब्यबस्था हुन्छ । यस्तो अवस्थामा सरकारले जनता लाई आ- आफ्नो घरमा नै बस्न निर्देसित गर्द्छ ।
    नेपालमा बसोबास गर्ने कुल जनसंख्याको उल्लेख्य हिस्सा गरिबिको रेखामुनी रहेका जनताहरु गाउँ तथा सहरमा यत्र तत्र बसोबास गर्दछन । भौगोलिक बिबिधताले भरिएको नेपालका भुभागमा मानब जिबनलाइ आवस्यक पर्ने सार्बजनिक सेवा तथा बाटोघाटोको सुबिधा साथै सन्चार सेवा प्रभाबकारी रुपमा ब्यबस्था भइ सकेको छैन । कतिपय भुभागमा प्रतिकुल मौसम मा सन्चार सेवा अबरुद्ध हुने हुदा दुर दराजका जनताहरु रास्टिय सन्चार बाट बिछिप्त हुने गरेको पाइन्छ । यस्ता छेत्रमा बसोबास गर्ने मानिस हरुलाइ आफ्नो आवस्यकतामा बस्तु हरु जोहो गर्न सन्क्रमण कालमा हम्मे हम्मे पर्द्छ ।

     

     

    भौगोलिक बिकटताका कारण मानबिय आवस्यकताका बस्तु हरुको उपलब्धतामा चुनौतीपुर्ण हुनुका साथै कतिपय स्थानमा खाध्य सन्कट निम्तिने अवस्था प्रबल देखिन्छ । अर्को तर्फ दैनिक मजदुरि गरेर परिवारको गुजारा गर्ने जनतालाई यस सन्क्रमणकालले प्रत्यक्ष प्रभाब पार्छ । यस्ता जनताहरु सम्पन्न र मध्यम बर्गहरुले जस्तो खाध्यन्न जोहो गर्न सक्दैनन । यस्ता जनताहरु लाई " लक डाउन "ले जीवन गुजारामा प्रतिकुल प्रभाब पार्द्छ ।

     

    तसर्थ ऐले नेपाल सरकारले लक डाउनको समयमा त्यस्ता गरिब तथा निमुखा जनताहरु बसोबास गर्ने स्थानमा सुरक्षाकर्मी र स्वस्थ्यकर्मी हरुको माध्यम बाट आवस्यक पर्ने खाध्य सामाग्री र सरसफाइ सामाग्री उनिहरुको घर-घरमै पुर्याउन जरुरी हुन्छ ।
    देसमा शान्ति सुब्यबस्था कायम गर्दै संक्रमणलाई नियन्त्रण गर्न बिगतमा देस भर गठन गरिएका सामुदायिक प्रहरी साझेदारीका पालिका तथा वडा स्तरिय समिति मार्फत आ-आफ्नो वडामा जनसचेतना अभियान र सहायता सामाग्री बितरण गरिनु पर्द्छ । तब मात्र जनतामा सरकारको दोहोरो भुमिका अनुभुत हुन सक्छ ।तथापी बर्तमान अवस्थामा सरकारको अन्तरास्ट्रिय प्राक्टिस जस्तो यो " लक डाउन " ब्यबहारिक रुपमा हेर्दा " फोर्स लक डाउन " जस्तो देखिन्छ ।सरकार भनेको हरेक नेपालिको अभिभाबक हो । सेवा कटौती गर्ने मात्र नभएर अत्याबस्यक सुबिधा उपलब्ध गराउने कार्य पनि लक डाउनको समयमा सरकारको दायित्व भित्र पर्द्छ ।

     

    हरेक नेपाली जनता यस्ता संक्रमणकालिन समयमा आफ्नो न्युनतम आवस्यकताको अधिकार बाट बन्चित हुनु चुनौतीपुर्ण हुन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…