प्रसान्त भट्टराई
गौरादह / उद्घोसण भनेको के हो ?
आजको समयमा सफल उद्घोषक बन्न चाहाने युबा हरुको संख्या ह्वातै बढेको छ । सफल उद्घोषक बन्ने चाहाना साथसाथै त्यसका निमित्त उचित र सहि शिक्षाको आवस्यकता पर्दछ । पछिल्लो समयमा उद्धोषणमा युबाहरुको चाहाना बढ्दो क्रममा भएतापनि सहि उद्घोषण कसरी गर्ने, उद्घोकमा हुनु पर्ने गुण हरु के के होलान, मिठो र राम्रो बोलेर कसरी अरुलाइ प्रभाबित पार्न सकिएला आदि जस्ता साधारण बिषयमा नै धेरैजसो युबा अलमलमा परेको देखिएको छ ।
सामान्य रुपमा हेर्दा कुनैपनि सभा, समारोह, गोष्ठि तथा सन्चार माध्यम बोल्ने अथवा कार्यक्रमको बारेमा क्रमबद्घ रुपमा दर्शक वा श्रोतालाई जानकारी गराउने व्यक्तिलाई उद्घोषक भनिन्छ । उद्घोषक पाँचवटा अक्षर मिलेर बनेको छ । जसमा ‘उ’ भनेको उत्कृष्ट आवाज भएको, ‘द’ भनेको दक्षता हासिल गरेको, ‘घो’ भनेको घोषणा गर्ने सक्ने व्यक्ति ‘ष’ भनेको सटिक अभिब्यक्ति दिन सक्ने र ‘क’ भनेको कणप्रिय आवाजको धनि भन्ने बुझिन्छ ।
उद्घोषण प्रत्यक्ष र अप्रत्यक्ष गरी दुुइ प्रकारका हुन्छन् । दर्शक वा श्रोताको आमनेसामने रहेर गरीने उद्घोषण लाई प्रत्यक्ष उद्घोषण भनिन्छ त्यसै गरि दर्शक वा श्रोताहरूसँग प्रत्यक्ष सम्पर्क नराखी पर्दा पछाडिबाट वा रेडियो, टेलिभिजन, चलचित्र मार्फत अप्रत्यक्ष रूपमा कार्यक्रम सञ्चालन गर्नु अप्रत्यक्ष उद्घोषण हो । प्रत्यक्ष उद्घोसणलाई औपचारीक र अनौपचारीक गरी र अप्रत्यक्ष उद्घोषण लाई पनि जिबन्त र मुद्रित गरी दुई- दुई भागमा बर्गिकरण गरीएको गरिन्छ । जस अन्तरगत प्रत्यक्ष उद्घोषणमा पर्ने औपचारीक उद्घोषण को बारेमा तल चर्चा गरिएको छ ।
औपचारीक कार्यक्रम संचानल गर्दा ध्यान दिनु पर्ने मुख्य कुराहरु :-
औपचारीक कार्यक्रम संचालन गर्नु पुर्ब उद्घोषकले कार्यक्रमको तालिका तयार गर्नु पर्दर्छ । कार्यक्रमको तालिका तयार गर्दा कार्यक्रम लाई आयोजना बिवरण खण्ड, कार्य बिवरण खण्ड र सुझाब बिवरण खण्ड गरी तिन भागमा बिभाजन गरेर तयार गर्नु पर्द्छ । आयोजना बिबरण खण्डमा कार्यक्रम प्रस्तोता वा संचालकले ६" क "को शुत्र लाई ध्यानमा राखेर कार्यक्रमको सुरुवाति भाग तयार गर्नु पर्दछ । यस खण्डमा कार्यक्रमको मिति आयोजक तथा प्रायोजक संस्थाको नाम, कार्यक्रमको नाम र प्रकार,कार्यक्रम हुने स्थान आदि कुराहरु समाबेस गर्नु पर्दछ । त्यसैगरी कार्य बिवरण खण्डमा मुख्य कार्यक्रमहरु क्रमबद्घरुपमा टिर्पोट गरिएको हुनु पर्दछ । त्यसैगरी उपस्थित भएका सम्पुर्ण बिशेस ब्यक्तित्ब हरुको नाम पद राम्रो सग झल्किने गरी लेख्नु पर्दछ र मर्यादा क्रम अुसार आसन ग्रहण गराउनु पर्दछ । यसका अलावा कार्यक्रममा बक्ताहरुको नाम , प्रस्तुत गर्ने बिसय सबैकुरा क्रमबद्घ रुपमा टिप्नु पर्दछ । त्यसैगरी अन्तिम खण्ड अथवा सुझाब बिवरण खण्डमा आयोजक प्रायोजक बिशेष ब्यक्ति तथा सहभागी हरु बैठक बसेर चियापान ,सुझाब संकलन, कमिकमजोरिको समिक्षा आदि कुरा हरु समाबेस गरी एउटा प्रतिबेदन तयार पार्नुपर्दछ ।
राम्रो उद्धोषण कसरी गर्ने ?
उद्घोषण गर्ने तरीका सबैको एउटै किसिमको हुनु पर्छ भन्ने जरुरी छैन, यसलाई आफ्नै तरीकाले भाषा शैली मिलाएर गर्न सकिन्छ । तर आफ्नै शैली तरीका अपनाउन सकिन्छ भन्दैमा उद्घोसणको नियम बिपरीत जस्तो पायो त्यस्तो बोलेर कार्यक्रम संचालन गर्नु बिल्कुलै हुँदैन । उद्धोषकले बोल्दा ६ क को शुत्र परिपालना गर्नु आवस्यक हुन्छ । कार्यक्रम कहिले हुने , कहाँ हुँने , कार्यक्रमको संचालक, कार्यक्रम आयोजक तथा प्रायोजक र कसरी कार्यक्रम संचालन गर्ने भन्ने कुरा ख्याल गरेर आफ्नै भाषा शैलीमा कार्यक्रम संचालन गर्नु पर्दछ । यसका अतिरीक्त उद्घोषकले कार्यक्रम सन्चालन गर्दाको दौरानमा आफ्ना कुराहरु राख्दा धेरै भुमिका बाँधेर लम्ब्याइ चौड्याइ बोल्नु भन्दा छोटो मिठो शैली प्रयोग गरेर बोलेको उत्कृस्ट हुने गर्दछ ।
सफल उद्घोषकमा हुनु पर्ने गुण हरु
सफल उद्घोसक बन्नको लागी सर्बप्रथम त म उद्घोषण गर्न सक्छु भन्ने आत्माबिस्वास हुन जरुरी हुन्छ । उद्घोसक जहिलेपनी निडर साहासी र प्रष्ट बोल्न सक्ने हुनुपर्छ । बोल्दा लजाउने, मानिसको भिडमा जाने बित्तिकौ चक्कर लाग्ने ब्यक्ति उद्घोषक कदापी बन्न सक्दैन । उद्घोषकले कार्यक्रम र दर्शक बिचको पुलको काम गर्ने भएकोले उद्घोषक निकै प्रभाबकारी हुन जरुरी हुन्छ ।
यसका अलावा सफल उद्घोषकमा हुने अरु केहि महत्वपुर्ण गुण हरु यस प्रकार रहेका छन्:-
* राम्रो भाषा शैली
* यान्त्रिक उपकरण बारे ज्ञान
* शब्दको सहि उचारण
* हँसिलो र फुर्तिलो पना
* मिलनसार
* मिठो बोली
* सकारात्मक सोच
*सीग्र निर्णय गर्न सक्ने क्षमता
*शब्द सम्बन्धि ज्ञन आदि
उद्घोषकले कार्यक्रम संचालन गर्दा गर्न नहुने कुराहरु
* माइक्रो फोनमा फुक्ने ठोक्ने गर्नु हँदैन ।
* उद्घोषक लोसे वा अल्छि प्रबृर्तिको देखिनु हँदैन ।
* गोजिमा वा कम्मरमा हात राखेर बोल्नु हँदैन, बोल्दा पोडियमको बिटमा हलुका समातेर बोल्नु पर्दछ ।
* धेरै चम्किलो तथा भढ्किलो पोसाक लगाउनु हँदेन ।
* नाङ टोक्ने, कान कोट्याउने,कपाल कन्याउने जस्ता कार्य हरु गर्नु हुँदैन ।
* बौल्दा कुनै पनि थेगोको प्रयोग गर्नु हुँदैन ।
*जाँड, रक्सी, चुरोट, पिरो, चिल्लो, आमिलो खनेकुरा खाएर कार्यक्रम संचालन गर्नु हुँदैन ।
भनिन्छ सफल उद्घोसकको ब्यत्तित्ब उसको बोल्ने शैली बाट झल्किन्छ त्यसैकारण उद्घोषण गर्दा सदैब राम्रा शब्दको प्रयोग गरेर बोल्नु पर्द्छ ।उद्घोषण गर्दा कसैको इज्जतमा आच आउने शब्द बोल्नु हुदैन । कडाइ गरिने