इलाम । इलाममा एक महिलाले खुर्पाले आफ्नै घाँटी काटेर आत्महत्या गरेकी छन् । इलामको रोङ गाउँपालिक–१ की ५० बर्षीया टिकामाया राईले खुर्पाले आफ्नै घाँटीमा काटेर गरी आत्महत्या गरेकी हुन् ।
रोङ गाउँपालिका–४ घर भई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो लगभग १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको जनाइएको छ ।
घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।