आजको पञ्चाङ्ग
बि.सं. चैत १४, २०७६ । इ.सं. 27 March, 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलाथ्व । प्रमादी उत्तरायण वसन्त । शुक्रवार चैत्र शुक्लपक्ष । तिथि तृतीया, २०:१० बजे उप्रान्त चतुर्थी । नक्षत्र अश्विनी, ८:४२ बजे उप्रान्त भरणी । योग वैधृति, १५:५७ बजे उप्रान्त विष्कम्भ । करण तैतिल ७:१९ बजेदेखि गर, २०:१० बजे उप्रान्त वव । चन्द्रराशि मेष । आनन्दादी योग वज्र । दिनमान ३०।४१ । सूर्योदय ६:०२ । सूर्यास्त १८:१८ । सर्वार्थसिद्धियोग ८:४२ बजेसम्म ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । स्वस्थयको ख्याल गर्नु पर्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । प्रेममा मनमुटाव रहला । स्वस्थप्रति सजक रहनु होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक कार्यको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वस्थयको विशेष ख्याल गर्नु होला । मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल