• तेजन खड्का उर्लाबारी ।

    वैदेशिक रोजगारमा कतार र युएईमा रहनुभएका रतुवामाई १० का समिन बराल र घनश्याम न्यौपानेले प्लस टुमा अध्ययनरत ३ जना विद्यार्थीलाई छात्रबृत्तिका प्रदान गर्नुभएको छ ।

     स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा रतुवामाईमा अध्ययनरत अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नुभएको हो । छात्रबृत्ति पाउने विद्यार्थीहरुमा विज्ञान समुहमाबाट संजिता मंग्राती,टिकाराम कार्की र वाणिज्य समुहबाट रेशा भण्डारी रहुनुभएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा उक्त छात्रबृत्ति रकम समिनका बुवा झमक बराल,घनश्यामका आमा दुर्गादेबी न्यौपाने, र रतुवामाई—१० का वडा अध्यक्ष टंक ढकालले उक्त छात्रबृत्ति प्रदान गर्नुभयो । विद्यालयका कार्यवहाक प्रधानाध्यापक चिरन्जिवी निरौलाको सभापत्विमा भएको कार्यक्रममा विद्यालयका शिक्षक ओमनाथ निरौलाको स्वागत मन्तब्य तथा महेन्द्र खुलालको सन्चालन रहेको थियो । कार्यक्रमका प्रमख अतिथी वडा अध्यक्ष टंक ढकालले नगरपालिकासँग सम्वन्य गरेर छात्रबृत्ति कार्यक्रमका लागि आफु पनि सक्रियताका साथ लगि पर्ने बताउनुभयो । उहाँले भूतपूर्व विद्यार्थी शिक्षकहरु मिलेर छात्रबृत्तिको लागि हातेमालो गरे अझै सहज हुने र विपन्न विद्यार्थीलाई टेवा पुग्ने बताउनुभयो । विद्यालयका कार्यबहाक प्रधानाध्यापक चिरिन्जिबी निरौलाले सहयोगीदातालाई धन्यवाद ज्ञापन गर्दै छात्रबृत्ति पाउने विद्यार्थीलाई राम्रो नतिजा ल्याएर उत्तिर्ण हुन शुभकामना दिनुभयो । भुतपूर्व विद्यार्थीले छात्रबृत्तिमा सहयोग गरेपछि विद्यालयको तर्फबाट पनि उनीहरुलाई थप सहयोग गरिएको विद्यालयका शिक्षक तिलबहादुर काफ्लेले जानकारी दिनुभयो । आफुहरुको सानो सहयोग पढ्न मन गर्ने जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहजता हुन्छ भने किन सहयोग नगर्ने भनेर सहयोग गरिएको सहयोगीद्वय बराल र न्यौपानेले बताउनुभयो ।




















सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …