• काठमाडौ । नेपाली मौलिक लोक गीत संगीतकै लागी आफु भित्र रहेको विभिन्न प्रतिभाहरुलाई आम रुपमा दर्शक तथा स्रोता माझमा प्रस्तुत गरेर सबैको मनमा बस्न सफल भिडियो निर्देशक तथा कलाकार हुन रुपा थापा अधिकारी । जिवनमा हजारौ चोट र अवरोध आए पनी आफुलाई एक साहाशिक नारीको रुपमा प्रस्तुत गदै नयाँ पिडीको लागी प्रेरणाको स्रोतको रुपमा परिचित बन्न पाउदा आफुलाई गर्व लागेको उनी बताउछिन । विश्व भरी नोवेल कोरोनाको सग्रमण भैरहेको अवस्थामा आफनो निर्देशन तथा अभिनयमा ए कान्छी बोलको गीत सार्वजनिक गरेकी छन । नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ”ए कान्छा ” गीतको भिडियो युटुवमा सार्वजनिक भए सगँै चर्चाको शिखरमा रहेको छ । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन । मायालु प्रेमी प्रेमीकाको जिवन भोगाईलाई गीतमा समेटिएको छ ।

    जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ ।बहुमुखी प्रतिभाकी धनी रुपा थापा अधिकारी विगतमा नेपाली मौलिक गीत संगीतमा नृत्य निर्देशक को रुपमा साथै सर्वोकृष्ट महिला गिटारिष्टको रुपमा परिचित हुन । उनले आफुमा भएको प्रतिभालाई ए कान्छा गीत मार्फत ब्यक्त गरेको बताइन । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ । ”ए कान्छा ” गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ ।
    ”ए कान्छा ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    https://www.youtube.com/watch?v=auPx4tXIIvE&feature=youtu.be&fbclid=IwAR1LLaJWjqMa19BJHlDWzxMdycBuUS9U1GxQRHRVTH-D8yqZU8-eJVWIn5M

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…