• आजको पञ्चाङ्ग

    बि.सं. चैत १९, २०७६ । इ.सं. 01 April, 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलाथ्व । प्रमादी उत्तरायण वसन्त । बुधवार चैत्र शुक्लपक्ष । तिथि अष्टमी, २१:१७ बजे उप्रान्त नवमी । नक्षत्र आर्द्रा, १४:४६ बजे उप्रान्त पुनर्वशु । योग शोभन, १२:४४ बजे उप्रान्त अतिगण्ड । करण भद्रा १०:३८ बजेदेखि वव, २२:१७ बजे उप्रान्त तैतिल । चन्द्रराशि मिथुन । आनन्दादी योग मुसल । दिनमान ३१।०१ । सूर्योदय ५:५६ । सूर्यास्त १८:२१ ।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवनपनि सुखमय हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा सङ्का उत्पन्न हुनेछ । सामान हराउन सक्नेछ । मनमा दुविधा उत्पन्न होला । आर्थिक कारोवारमा मन्दी आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक यात्राको योगछ । राज्यबाट मान सम्मान पाइनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमापनि रुची बढ्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । साँझमा केही लाभमूलक कामपनि हुनेछन् ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । रमणीय र सुखद् यात्राको योग छ । बहुमुल्य वस्तु हात पर्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुनेपनि योग छ ।

    - ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…