दमक/रतुवा मावा कन्ट्रकसन समुहको हेना कन्ट्रकसनले दमक नगरपालिकाले सन्चालन गरेको कोरोना भाइरस संक्रमण,रोकथाम तथा नियन्त्रण अभियानमा दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
बुधबार समुहले नगर प्रमुख रोमनाथ ओलीलाइ सो रकम हस्तान्तरण गरेको हो ।
नगरपालिका को सो अभियान अन्तरगत, बिपत ब्यबस्थापन कोष मार्फत कोरोना प्रभावित निम्न वर्गीय परिवारलाई राहत स्वरुप उपलब्ध गराउन सो रकम प्रदान गरिएको समुहले जनाएको छ । सो अवसरमा नगर प्रमुख ओली , उप प्रमुख गीता अधिकारी ले समुहको सहयोग प्रती धन्यवाद व्यक्त गरेकी समूह सदस्य भगवान बस्नेत ले जनाए।