युबराज रेग्मी
गौरादह / बिश्वब्यापी महामारी रोग कोरोना भाइरसको संक्रमणकालिन अवस्थामा नेपाल भर ज्यालादारी गरि आफ्नो दैनिक गुजारा गर्ने बिपन्न ब्यक्ती हरुको दैनिकीमा समस्या परेको विभिन्न सन्चार माध्यम मार्फत जानकारी प्राप्त भएपछि हेम एन्ड माया फाउन्डेसन नेपाल नामक एक संस्था द्वारा गौरादह बजार आसपास रहेका अति बिपन्न परिवार लाई हिजो चैत्र १९ गते बुधबार अत्याबस्यक राहत सामाग्री बितरण गरेको छ । राहत सामाग्री अन्तरगत अति बिपन्न १५ परिवार लाई खाध्य सामाग्री बितरण गरेको हो । राहत सामाग्री अन्तरगत उक्त संस्थाले प्रती परिवार १० केजि चामल , १ केजि दाल ,१ केजि नुन र १ लिटर तेल बितरण गरेको छ । परोपकारी ब्यक्तित्व हेम थापाको अध्यक्षता रहेको यस संस्थाले झापाको मेचिनगर नगरपालिका , दमक नगरपालिका , लगायत नेपाल अधिराज्यभर राहत सामाग्री र सहयोग उपलब्ध गराउदै आएको जानकारी सो संस्थाका सदस्य लाल प्रसाद फुयलले जानकारी गराएका छन । राहत बितरण कार्यमा सस्था सम्बद्ध दमक निवासी प्रजिता दंगाल र गौरादह निवासी प्रबासी रुद्र पौडेलले समन्वय गरेका थिए ।
साथै गौरादह नगरपालिका वडा न २ निवासी केशब ढुंगाना र शान्ता ढुंगानाका छोरा बुहारी बिजय ढुंगाना र एलिजा ढुंगानाबाट आजकै दिन १८ परिवारलाई रु २०,०००लागत बराबरको र वडा न १ निवासी गङा ढुंगानाले ५ परिवार रु५२०० लागत बराबरको सोही अनुरुपका राहत सामाग्री बितरण गरेका छन । राहत सामाग्री बितरण कार्यमा गौरादह नगरपालिका वडा न १ का वडा सदस्य कोमल ढुंगानाले सहजिकरण गरेका थिए ।