ईटहरी / धरान उपमहानगरपालीकाको नाममा एक निजि शिक्षण संस्थाले लोक सेवा तयारी कक्षाका नाममा झुटो विज्ञापन गरिरहेको पाईएको छ ।
उपमहानगरपालीकाले दिने वजेटवाट गरिने लोकसेवा तयारी कक्षाका विषयमा सो संस्थाले निर्णय हुन अगावै दरखास्त आव्हान गरेर सर्वसाधारणलाई झुक्याउँदै ठगी गरेको हो ।
सिटी एजुकेसन प्रालीको प्राविधिक सहयोग र धरान नगरपालीकाको सहयोगमा भन्दै सो संस्थाले पुर्वमा नाम चलेका पत्रिकामा विज्ञापन नै गरेर आवेदन माग गरेको छ , तर नगरपालीकामा रहेको सो फाँट हेर्ने फाँट प्रमुख एवं अधिकृत गणेश खतिवडाले भने सो विज्ञापनका विषयमा पहिलो कितावसँग अनविज्ञता प्रकट गरेका छन् ।
उनले कुनै संस्थालाई दिने निर्णय नभएको जानकारी गराउँदै दुई संस्थाको आवेदन आएको भएपनि सो तयारी कक्षाका लागि विज्ञापन गरेर आएका मध्ये उत्कृष्ट एवं सरकारको शिक्षा मन्त्रालयवाट सो विषयमा ईजाजत भएकोलाई मात्रै स्विकृति प्रदान गरिने वताएका छन् ।
उनले लोकसेवा तयारी कक्षाका लागि संस्था छनौट गर्न विज्ञापन पत्रिकामा प्रकाशन गर्न पठाएको वताएपनि सो विज्ञापन भने कहि कतै कुनै पनि पत्रिकामा प्रकाशन भएको छैन ।
धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाको निजि सचिवालयमा रहेका एक सहयोगिका निकटस्थ संचालक भएकै कारण सिटि एजुकेसनलाई दिने तयारी भएको नगरपालीका स्रोतले वताएको छ ।
मेयर सुब्बाको सचिवालयमा रहेका ति व्यक्तिकै कारण सिटि एजुकेषनलाई दिने गरि तयारी गरिएको भएपनि सो कुरा सार्वजनिक भएपछि प्रकृया पुरयाउनका लागि मात्रै विज्ञापन गरिएको नगरपालीका स्रोतले जानकारी गराएको छ ।
धरान – १८ का वडा अध्यक्ष प्रविण राईले पनि मेयरका एक सहयोगिले आफुलाइृ फोन गरि आफु समेत संचालक रहेको सिटि एजुकेषनलाई सो काम दिन भनेको भएपनि आफुले नदिने निर्णय सुनाएको बताएका छन् ।
उनले वडा मार्फत खर्च गर्नु पर्ने वजेटमा समेत नगरपालीकालाई निर्णय गर्न लाएर वडाको काम तथा वजेटमा हस्तक्षेप गर्न खोजेको आशंका समेत गरेका छन् ।
धरानका मेयर सुब्बा विना प्रतिष्पर्धा नेताका श्रीमतिलाई नगरपालीकामा रोजगारी दिएको, विलासी गाडि खरिदको निर्णय गरेको , नगरको काम छाडेर कुनै धर्म प्रचारक विदेशि संस्थाको कार्यक्रममा सहभागि हुन विदेश गएको , गोप्य रुपमा विग वुद्द निर्माणको सम्झौता गरेको र एयरपोर्ट निर्माणका विषयमा राखिएको सार्वजनिक कायृक्रममा नगरवासीलाई वोल्न नदिएको विषयमा आलोचित वनेका छन् ।