• युबराज रेग्मी २१चैत्र, गौरादह /

    पछिल्लो समयमा झापा जिल्लाको गौरादह नगरपालिकामा कोरोना संक्रमणको जोखिम बाट आफ्नो दैनिकि गुजारा गर्न समस्या परेका अति बिपन्न परिवारलाई मध्यनजर गर्दै अत्यावश्यक सामाग्री बितरण गर्ने कार्यमा तिब्रता आएको छ । यसै अनुरुप हिजो चैत्र २० गते बिहिबार झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी सस्थाले गौरादह र गौरिगन्जमा राहत सामाग्री बितरण गरेको छ ।



    गौरादह नगरपालिका अन्तरगत गौरादह बजार र जुरोपानीमा सेवा केन्द्र रहेको सस्थाले गौरादह पालिकाका ६२ परिवार र गौरिगन्ज पालिकाका ६२ परिवार लाई राहत सामाग्री बितरण गरेको सस्थाका सेवा केन्द्र ब्यबस्थापन उप-समिती सम्योजक इश्वोर खत्रीले जानकारी गराए ।

     

    राहत सामग्री अन्तरगत प्रती परिवार १० केजि चामल , १ केजि दाल ,र १ लिटर खाने तेल बितरण गरिने सस्थाका कर्मचारी तुलसीराम पौडेलले बताए । कोरोना भाइरस संक्रमणको अत्यास लाग्दो त्रासदिपुर्ण कहरमा आफ्नो परिश्रमलाई बन्धक बनाउन बाध्य भएका गरिब निमुखा र अतिबिपन्न परिबारको जीवन गुजारामा केही हद सम्म सहयोग पुर्याउने उधेस्यले सस्थाको बिनियम बमोजिम सस्थागत सामाजिक उत्तरदायित्व( CSR) लाई समेत मध्यनजर गर्दै सस्थाले झापा जिल्लाका १५ वटै स्थानिय निकाय हरुमा राहत सामाग्री बितरण गरिने सस्थाकी ब्यबस्थापन समिती सदस्य तथा सामाजिक बौद्धिक ब्यक्तित्व हेमलता भट्टराई ( कार्की ) ले जानकारी गराइन ।

     

    सस्थाले गौरादह र गौरिगन्जमा गरि करिब १ लाख ४ हजार ४० रुपैया मूल्य बराबरको राहत सामाग्री बितरण गर्दैछ । राहत सामाग्री बितरणमा एकद्वार नीति अबलम्बन गर्न गौरादह अन्तरगतको राहत सामाग्री नगरपालिकाका जनप्रतिनिधी लाई हस्तान्तरण गरिएको हो । सोही अनुरुप गौरिगन्ज पालिकामा पनि जनप्रतिनिधि हरुलाइ राहत सामाग्री हस्तान्तरण गरिएको छ ।राहत सामाग्री हस्तान्तरण कार्यक्रममा सस्थाको तर्फ बाट ज्ञानेन्द्र खत्री कल्पना थापा ,शंकर अधिकारी, हरि भन्डारी र निर्मला लुइटेल समेतले सहजिकरण गरेका थिए

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…