युबराज रेग्मी
२१ चैत्र , गौरादह/
कोरोना भाइरस संक्रमणको रोकथामका लागि सम्भाव्य मानिसहरुको स्वास्थ्य परीक्षण एवम् मजदुरी गरी दैनिकी गुजारा गर्ने अतिबिपन्न मजदुर हरुलाइ दैनिक गुजारा गर्न आवस्यक उपभोग्य वस्तुको राहत व्यवस्थापन एवम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापनका लागि नगरपालिकाले स्थापना गरेको" बिपद ब्यबस्थापन कोष
"मा झापा जिल्ला गौरादह नगरपालिका गौरादह बजार स्थित श्री शुभलक्ष्मी सहकारी संस्थाले यस वर्षको सहकारी दिवसको "मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने " नारा लाई अंगिकार गर्दै ६३ औं सहकारी दिवसको अवसरमा गौरादह नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार का निमित्त स्थापित बिपद ब्यबस्थापन कोषमा रु ७०,००० राहत उपलब्ध गराएको छ ।
उक्त राहत कोष उपलब्ध गराउने संस्थाका अध्यक्ष प्रकास कार्की लगाएत सम्पूर्ण सहकारी परिबार प्रती गौरादह नगरपालिका आभार प्रकट गर्दछ ।