दमक/ झापाको गौरादहमा रहेको गोल्डेन सनराईज मा बि ले दैनिक ज्याला मजदुरी गर्ने करिव ५० परिवारलाई चामल ,दाल ,नुन र माक्र्स बितरण गरेको छ।
लगडाउनले गर्दा मजदुरको दैनिकी मा परेको असरका कारण खाद्य सामाग्री बितरण गरिएको बिद्यालयका निर्देशक गणेश श्रेष्ठले जानकारी दिए। सामाग्री बितरणमा बिद्यालयका प्रेन्सिपल राजकुमार कार्की बिद्यालय सञ्चालक समिति सदस्य गुरु श्रेष्ठ जिल्ला सम्वनय समिति सदस्य चन्द्र सुब्बा लगायतको उपस्थित रहेको निगेश श्रेष्ठले जानकारी दिए।