बि.सं.२०७६ चैत २२,शनिवार, इ.सं.२०२० अप्रिल – ४, शक संवत-१९४२,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर ,उत्तरायण,ऋतु-वसन्त,चैत्र शुक्लपक्ष तिथि-एकादशी , १८:० बजे उप्रान्त द्वादशी,नक्षत्र-अश्लेषा , १२:५५ बजे उप्रान्त मघा,योग-धृति ६:२१ बजेदेखि शूल , २७:४० बजे उप्रान्त वृद्धि ,करण-वणिज ६:५६ बजेदेखि भद्रा , १८:०० बजे उप्रान्त तैतिल,चन्द्रराशि-कर्कट,आनन्दादी योग-मानस, सूर्योदय- ५:५३, सूर्यास्त,१८:२२दिनमान-३१ घडी १४ पला l
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–काम व्यवहारमा सफलता मिल्ने छ, सहोदरका व्यक्तिको सहयोग मिल्ने छ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्, बन्न लागेको कार्य रोकावट आउन सक्छ ,आजको शुभ अंक ७ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –निर्णय क्षमतामा वृद्धि भएकाले काम गर्दा विविध मार्ग अपनाउन उचित हुनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ, सकारात्मक सोचाई रहने छ,आजको शुभ अंक १ रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
शत्रुबाधा स्वतः हटेर जाला,धेरैसँग जनसम्पर्क हुनेछ,धार्मिक आस्था बढ्ने छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्, विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक १० रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ, कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ, आजको शुभ अंक १२ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –अरूको विश्वास जित्न सकिने छ ,घरपरिवारमा मेलमिलाप हुनेछ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,उच्च मनोवल रहनेछ,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक ११ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सद्भाव मिल्नेछ,देश–देशान्तरबाट शुभ समाचार प्राप्त होला, चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, खर्च एवं विवाद बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–सन्तान पक्षको सन्तोष मिल्ने छ,विद्यार्थीवर्गको प्रगति हुनेछ, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,मानसम्मान मिल्नेछ ,भाग्यले साथ दिनेछ,आजको शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–सहमतिका कार्यहरू भङ्ग हुन सक्छन्, सञ्चित धनको खर्च हुन सक्छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ ,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–धन आर्जन गर्ने अवसर मिल्ने छ ,अधुरा काम पूरा गर्न नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ,आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ३ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –स्वास्थ्य गडबढ हुनुको साथै काम व्यवहारमा अवरोध खडा हुन सक्छ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आफन्तहरूको सहयोग,आजको शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –अनावश्यक खर्च होला,परिस्थिति अनुकूलको बन्न छ,अधुरा काम सम्पादन गर्न सकिनेछ,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,आजको शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–आयस्तर बढ्ने छ,बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,आजको शुभ अंक ९ रहेको छ। दिब्य ज्योतिष बाट साभार