आजको पञ्चाङ्ग
बि.सं. चैत २२, २०७६ । इ.सं. 04 April, 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलाथ्व । प्रमादी उत्तरायण वसन्त । शनिवार चैत्र शुक्लपक्ष । तिथि एकादशी, १८:० बजे उप्रान्त द्वादशी । नक्षत्र अश्लेषा, १२:५५ बजे उप्रान्त मघा । योग धृति ६:२१ बजेदेखि शूल, २७:४० बजे उप्रान्त वृद्धि । करण वणिज ६:५६ बजेदेखि भद्रा, १८:०० बजे उप्रान्त तैतिल । चन्द्रराशि कर्कट । आनन्दादी योग मानस । दिनमान ३१।१४ । सूर्योदय ५:५३ । सूर्यास्त १८:२२ । कामदा एकादशी व्रत ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटावपनि रहला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनसक्छ । पारिवार सङ्ग रमाइलो भेटघाट र यात्रा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्या पनि आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
वृ्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यप्रति सजकता अपनाउनु होला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रुपनि क्षय होलान् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । रोमाञ्चक यात्रापनि होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ समाचार सुन्न पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानिपनि हुनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल