युबराज रेग्मी
चैत्र २२ झापा / बिश्वलाइ आतंकित पारेर मानव बिध्वस गरिरहेको कोरोना भाइरस (कोभिड १९)ले नेपाललाई पनि अछुतो छोड्न सकेको छैन ।
बिश्वका अन्य मूलुकहरूको तुलनामा केही हद सम्म सुरक्षित जस्तो देखिएपनि दिनानुदिन संक्रमीत भएका ब्यक्तिको संख्या थपिने क्रम जारी छ । आज चैत्र २२ गते सम्ममा ९ जना (आज पुष्टि भएका थप ३ जना समेत ) मा कोरोना भाइरस संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले सामाजिक सन्जाल मार्फत जानकारी गराएको छ । कोरोनाको कारणबाट अहिले सम्म मानविय छ्यती भएको आधिकारिक पुष्टि भएको
समाचार हाल सम्म आएको छैन । कोरोना संक्रमण बाट मानविय छ्यती नभएता पनि हाम्रो जस्तो अल्पबिकसित देशलाई आर्थीक जटिलता थपिदै गएको छ । दिनानुदिन देसको अर्थतन्त्र ओरालो लागेको सर्बबिदितै छ । गाउँ सहर यत्र तत्र दैनिक मजदुरि गरि आफ्नो जिबिकोपार्जन गर्ने अतिबिपन्न बर्गको घरमा दिनानुदिन कठिन परिस्थिती सृजना भएको बहेको छ र यो क्रम दैनिक रुपमा बढ्ने क्रम जारि छ ।यसै विषम परिस्थिति लाई सम्बोधन गर्न देसभरका स्थानिय निकाय हरुले पनि आ-आफ्नो तबर बाट गरिब निमुखा बर्ग लाई आहत को संक्रमणकालिन
समयमा केही हद सम्म राहत दिन अत्यावश्यक सामाग्री तथा खाध्यान बितरण गर्दै आएका छ्न । यसै अभियान लाई साथ र सहयोग गर्दै दमक निवासी समाजसेबि श्री पाणिनी मा बि कि एक शिक्षिका दुर्गा काफ्लेले वहाकै सब्दमा "शीत उघाई घैला भर्ने" अभियानमा आफू पनि सामेल हुँदै आर्थिक संकलनलाई थोरै भएपनि टेवा थपिने उधेस्य अनुरुप ब्यक्तिगत तर्फबाट हिजो चैत्र २१ गते सुक्रबार दमक नगरपालिका लाई राहत बितरण गर्नका निमित्त रू १५००० आर्थिक सहयोग गर्नु भएको छ । त्यसैगरी चैत्र २० गते आफू बसोबाँस रहेको वडा लाई रु ५००० हस्तान्तरण गर्नु भएको थियो ।
विभिन्न समयमा समाजमा आइपर्ने सन्कट लाई मनन गर्दै आफ्नै ब्यक्तिगत तर्फ बाट निरन्तर साथ र सहयोग गर्दै आउनु भएकी दुर्गा दिदिले आफ्नो एकल सगयोगमा आफू अध्यापन गराउने बिध्यालयमा बिध्याकी देबि शरस्वतीमाताको मन्दिर निर्माण गर्नु भएको छ । त्यसै गरि दमक तथा गौरादह नगरपालिकमा रहेका सामुदायिक बिध्यालयमा अध्ययनरत गरिबिको चपेटामा परेका गरिब तथा बिपन्न बिध्यार्थी हरुलाइ मौसम अनुकुलित न्यानो कपडा तथा पाठ्य सामाग्री हस्तान्तरण गर्दै आउनु भएको छ ।