युबराज रेग्मि २२ चैत्र ,गौरादह /
विश्व आक्रान्त छ, सहर खाली खाली जस्तो छ , सुन्यता छ , सन्नाटा छ , उध्योग धन्दा बन्द्द छ्न मेसिन रोकिएको छ , सडक सुनसान छ चरा हरु आफ्नै गतिमा उडिरहेका छ्न माछा स्वतन्त्र पानीमा आफ्नै चालमा डुबुल्की मार्दैछ्न ! तर फगत प्राणी मध्येकै चेतन सिल प्राणी स्तब्ध छ त्रसित र भयभित छ ।
गत डिसेम्बर बाट बिश्वको सक्तीसालि रास्ट बाट उतसर्जित भइ विमान र नौकाबिहार गर्दै विश्व भ्रमणमा निस्किएको कोरोना भाइरस (कोभिड १९ ) बिराजमान हुदा विश्व बिचलित छ । यस महामारीले सक्तिसाली रास्टमा ठुला रास्टमा नरसंहार गरिरहदा त्यही परिदृस्यलाई नजिक बाट नियाल्दै आफ्नो दैनिकिमा रहेका हाल डेनमार्कको कोपेनहेगनमा रहने झापा जिल्ला गौरादह नगरपालिका वडा न १ निवासी सहयोगिमन बिपुल सिटौलाले आफ्नो प्यारो गाउँ ठाउमा पसिना बगाइ कठिन जिबन गुजारा गर्दै आएका अति बिपन्न परिवार लाई कोरोना रोगको आहतको बेला राहत स्वरुप १५ घर परिवार रु १५००१ लागत मूल्य बराबरको राहत सामाग्री उपलब्ध गराएका छ्न उक्त सहयोग सामाग्री सिटौला ले आफ्नी दिगम्बत ममतामयिमाता
स्व. इन्दिरा सिटौला ( सहयोगि बिपुल सिटौलाकि आमा )
स्व. इन्दिरा सिटौला को सम्झना गर्दै गौरादह बजार आसपास रहेका अति बिपन्न परिवार लाई आफ्ना पिता राम प्रसाद सिटौला मार्फत आज चैत्र २२ गते सनिबार अत्यावश्यक खाध्य सामग्री उपलब्ध गराएका हुन । यश पुन्यकार्य आफ्नी पत्नी बिध्या सिटौलाले आफुलाइ अभिप्रेरित गरेको सिटौला बताउछ्न । गौरादह नगरपालिका वडा न १ निवासी सिटौला बिगत ६ बर्स देखि डेनमार्कको कोपनहेगनमा बसोबास गर्दै आएका छ्न ।
डेनमार्कमा पनि कोरोना को प्रभाबले लक डाउन हुदा दैनिकीमा समस्या परेको अनुभुती दिलाउदै आफ्नो जन्मभुमिमा पनि सोही कहर रहेकोले संक्रमण अबधीभर सचेत रहन यहाँ स्थित सम्पुर्णमा अनुरोध समेत गरेका छन ।