विराटनगर। सामान्य घरायसी विवादमा श्रीमती र दुई छोरीलाई सुतिरहेको स्थानमा आगो लगाएर एक व्यक्ती फरार भएका छन् ।
सुनसरीको इनरुवा नगरपालिका– ८ बस्दै आएका ३५ वर्षिय श्रीमती कमलकुमारी उराउ र दुई अवोध छोरीलाई पेट्रोल छर्किएर आगो लगाएर श्रीमान सियाराम उराउ फरार भएका हुन् । आगोले डढेर घाइते तीनजनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
घटना बिहीबार रातिको हो । घरमा श्रीमती कमलकुमारी, ७ वर्षिय छोरी प्रतिक्षा र ४ वर्षिय प्रतिज्ञा उराउ सुतिरहेको अवस्थामा पेट्रोल छर्किएर आगो लगाएर सियालाल फरार भएको कमलकुमारीका भाई रिट्ठे उराउले बताए ।
घटना अघि श्रीमती कमलसँग उनको सामान्य विवाद भएको थियो । विवाद पछि घरबाट निस्कीएका उराउले राति करिब ११ बजे सुतिरहेको ओछ्यानमा पेट्रोल छर्किएर आगो लगाएको उनले बताए । आगो लगाएको जानकारी पाएपछि गाउँलेले उद्दार गरी तीनै जनालाई इनरुवा अस्पताल लगेका थिए ।
इनरुवामा उपचार सम्भव नभएपछि उनीहरुलाई कोशी अस्पताल भर्ना गरिएको हो । तीनै जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु खतरा मुक्त रहेको अस्पतालले जनाएको छ । कमलको अनुहार र शरिरको अन्य भाग र दुई सन्तानको हात र अनुहार जलेको छ ।
कमलका भाई रिट्ठे उराउका अनुसार बिहीबार दिउँसो सियारामले श्रीमतीलाई धम्की दिएका थिए । राति आगलागी भएपछि पुगेका स्थानीयले पेट्रोलको गन्ध आएको बताएका थिए । ‘घटना पछि उ ९सियाराम० फरार छन् ।’ उनले भने ‘ सियारामले आगो नलगाएको भए छोरी भेट्न आउथे ।’
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माका अनुसार माइती पक्षको उजुरी पछि प्रहरीले सियारामको खोजी सुरु गरेको छ ।
उजुरीपछि फरार श्रीमानको खोजी गरिरहेका छौं ।’ उनले भने ‘लक डाउनमा बढी ध्यान दिनु परेकाले फरार पक्राउ परेका छैनन् ।’