•  युबराज रेग्मी
    २४ चैत्र / विश्व आक्रान्त छ, सहरहरु खाली खाली छ्न , जता ततै सुन्यता छ , सन्नाटा छ , उध्योग धन्दा बन्द्द छ्न, मेसिन कलपुर्जाहरु रोकिएका छन , सडक सुनसान छ, चराहरु आफ्नै गतिमा उडिरहेका छ्न ,माछा स्वतन्त्र रुपमा पानीमा आफ्नै चालमा डुबुल्की मार्दैछ्न ! गन्तव्य टाढा हुँदै गर्दा लक्ष्यविहिन यात्राहरु तय भएका छन । चुपचाप मौनता भित्रका समयका पाउबन्दी हरुमा मानौ कुनै जेल जीवन व्यतित हुदैछ । प्रत्तेक उसाका लाली रस रंगसंग नया जोस जांगर र उमंगले स्वतन्त्र उडान भर्दै गरेका आत्मविस्वासी मनहरु आज कैदी झै बनाईएका छन।

     

    पिंजडाभित्रका पन्छिहरु स्वतन्त्र जीवन बाचिरहेका छन । तर फगत प्राणी मध्येकै चेतनसिल प्राणी मानिस ऐले स्तब्ध छ, त्रसित र भयभित छ । सुनिन्छ जता ततै संक्रमणको सन्त्रास छ ! प्रत्तेक व्यक्तिका पाइलाहरु जन्जिरले बाधिएकाछन यी जन्जिर तोड्दै हिड्नलाई लडखडाउने छन पाइलाहरु।

     

    सायद अब विस्वले बुझ्ने छ मान्छेका स्वतन्त्रता खोसिएका पल, आनन्दानुभुती बुझ्ने छ बन्दी जिबनका कष्टहरु दुनियाँको उन्मुक्त स्वतन्त्र हासोका रहस्यहरु , आँसु पछिका वेदनाका लहरहरु ।
    हुन सक्छ बिश्व अब दसौं वर्ष पछि धकेलिने छ । हाम्रो यो धर्ती सयौं वर्षसम्म खुसीले बाच्ने छ । अब मात्र एउटा आसा छ हामिले आफ्ना घर भित्र दबाएका सास हरुले सयौ वर्ष सम्म हाम्रा सन्तती हरुलाइ स्वच्छन्द निस्चल यी पवनहरु आफ्नो शरीर भित्र प्रवेस गराउन पाउनेछन । हामिले आफ्नै घर भित्र थुनिएर लडाइँ गरेका यी युद्ध हरुले भोलिका दिनमा हाम्रा सन्तानले खुल्ला मैदान हरुमा ईतिहास सम्झेर धन्य हाम्रा पुर्खा भन्न सक्ने छ्न । प्रफुल्लित हुँदै उन्मादमा बिरक्तिएर रमाउने छ्न ।

     

    तर दु:ख त्यो कुरामा लाग्छ , हामीले त्यति धेरै स्वतन्त्र पुर्बक उडिरहदा हाम्रा पखेटाहरु लाई मजबुत बनाउन सकेन छौ , आज एउटा अदृश्य शक्तिले हामिलाइ परास्त गरिदिएको छ । विज्ञानको युगमा विस्वास गर्ने बैज्ञानिक हरुलाई निरीह साबित गरिदिएको छ ।
    आसा छ भोलिका दिनहरु स्वछन्द संगितमय प्राकृतिक सौन्दर्य फर्केर आउनेछ । बगैचा हरुमा नयाँ नयाँ बसन्तरुपी पालुवाहरु फक्रने छ्न , फुलबारिमा नयाँ नयाँ फुलहरु फुल्ने छ्न र पुन: धरतिमा नया परिबेस छाउने छ ।
    बास्तबमा यो सम्पुर्ण शृस्टी ३३ कोटि देवताहरुको अपुर्ब देन हो । जब जब पृथ्वीमा महासंकट आइपर्छ , तबतब देवताहरुले आफ्नो स्वरुप परिबर्तन गरि धरतिमा आउने छ्न । " कृष्ण "रुप धारण गर्दै धरतीमाताको त्यो बिकराल बिचलन लाई साम्य गराउन धरतिमा आइ भगवान

    "कृश्न "भन्नू हुन्छ , " हे अर्जुन,
    जे भयो हुन देउ, जो हुदैछ राम्रैका लागि हुदैछ र अब जे हुने छ त्यो सब राम्रैका लागि हुने छ ।"
    आज त्यही भगवानको अमृत बचनले विश्व भ्रमण गर्दैछ निरन्तर निरन्तर । हामी भगवानको त्यो अदृश्य भ्रमण लाई सार्थक गराउन हरेक सहरका बस्तीबस्ती गल्लीगल्ली र चोक चोक लाई खाली गरि वर पर यत्रतत्र असरल्ल रहेका फोहोरहरु लाई नियन्त्रण गर्दै भगवान लाई नतमस्तक भइ दुई हात जोडि नमस्कार गर्दै भगवानको धरती यात्रालाई अन्तरमन बाट नियाल्न खोजी रहेका छौ निरन्तर निरन्तर । पृथ्वी लोकमा रहेका मानव जाती हामी हिजो आध्यात्मिकवाद भन्दा भौतिकबादमा ज्यादै अलमलिइ रहेका रहेछौ ! भौतिकबादको कहालिलाग्दो दुस्चक्रमा कंकृट को जंगल तयार गर्ने ध्याउन्नमा जहाँ जहाँ प्रकृति लाई बिछिप्त बनाइएको छ ,सस्कृती लाई बेवास्था गरिएको छ , अझ भनौ प्रकृति लाई आफू अनुकुल बनाउने गलत प्रयत्न गरिएको छ , त्यहा त्यहा आज ठुला ठुला भयानक नरशम्हार हरु हुदैछन निरन्तर निरन्तर ! अझै धेरै धेरै देख्न बाकी नै छ , अझै भगवानले पृथ्वीको त्यो बिकराल असन्तुलन लाई आफ्नो अनुकुल बनाइ प्रकृती लाई हस्तान्तरण गर्दै हुनहुन्छ ।

     

    अन्तत: चाडै त्यो एक दिन स्वर्णिम उज्यालो बिहानि लिएर धरतिमा आउने छ , प्रकृति पुन: विश्राम लिनेछिन । धन्य छ प्रकृति माफ देउ हामी र हाम्रो त्यो ठूलो भुल लाई !
    जब तिमिले विश्राम लिने छौ फेरि ती बिचलनकारी नर पिसाच हरुले तिम्रो त्यो प्राकृतिक स्वरुपलाई आफ्नो फाइदाका निमित्त परिबर्तन गर्न अहोरात्र लागि पर्ने छन । हामी कहिलेइ सुध्रने छैनौ......... बिर्सने छौ यो बिचलन लाई अनि त्यो अतीत लाइ। फेरि सोही बिचलन पुन: यस्तै यस्तै नयाँ नयाँ स्वरुपमा कहिले आधी बेहरी बनी, कैले भुकम्प बनी ,कैले भारी बर्सात त कहिले भु-छ्यय आदि आदि स्वरुप अनुरुप पृथ्वी सन्तुलित बन्न ठुला ठुला प्रकोपहरु निम्तिने छ्न । यस्तै यस्तै जिबात्माका जीवन चक्र हरु भित्र भगवान " श्री कृष्ण" बिराजमान हुनु हुनेछ ।
    हे भगवान ! हामिलाइ प्रेम गर , किनकी "जहाँ प्रेम छ त्यहा जीवन छ ;प्रेम बिनाको जीवन केबल वास्तविक जिबन होइन ।"

     

    तब मात्र तिम्रा राधाहरु नदि पार गर्दै हस्याङ फस्याङ गर्दै हतारिदै हतारिदै तिम्रो सामु आउने छ्न, तिम्रो मिठो बासुरिको सुरिलो सुमधुर धुन सुनी मन्त्रमुग्ध हुने छन ,अनि गाउने छन तिम्रा ती राधा हरुले एकै स्वरमा भन्ने छ्न " हे कृश्न हजुरले त माया मार्नु भो माया मार्नु भो कृश्न माया मार्न भो " जब भगवानले हामिलाइ माफी दिनु हुने छ तब सारा मन्दिर देबालयहरु खुल्ला हुनेछ्न अन्तत पुन: बिगत झै हामि पनि भेला भएर मन मन्दिरमा रमाउने छौ । हे "कृष्ण "तिम्रो लिला अपरम्पार छ ! ----धन्यछ प्रकृति ----- yubaraj.regmi @ gmail.com

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…