• उर्लाबारी/उर्लाबारीमा जारी प्रथम मेयर फुटबल प्रतियोगितामा वडा नम्बर ५ फाइनलमा प्रवेश गर्न सफल भएको छ । बुधबार भएको खेलमा वडा नम्बर ६ लाई ३–० गोल अन्तरले हराउदै वडा नम्बर ५ फाइलनमा प्रवेश गर्न सफल भएको हो ।

    वडा नम्बर ५का लागि विकास राई,पासाङ तामाङ र विराज राईले एक/एक गोल गरे । पहिलो गोल विकासले गरे । उनले खेल शुरु भएको आठौँ मिनेटमा गोल गर्दै आप्mनो टिमलाई अग्रता दिलाए । पहिलो हाफको ११ औ मिनेटमा वडा नम्बर ५को तर्पmबाट पासाङ तामाङले अर्को गोल गर्दै टिमलाई २–० गोल अन्तरले अग्रता दिलाए । दोस्रो हाफको ३१औँ मिनेटमा विराज राईले अर्को गोल थप्दै आप्mनो टिमलाई ३–० को गोल अन्तर बनाए ।


    पहिलो हाफबाटै दबाबमा रहेको वडा नम्बर ६ले गोल गर्ने थुप्रै अवसर पाए पनि कुनै गोल गर्न सकेन । दोस्रो हाफपछि आक्रमक रुपमा मैदानमा उत्रिएपनि वडा नम्बर ६ले गोल फर्काउन असमर्थ भयो ।

    प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ५का पासाङ तामाङ भए । उनलाई वडा नम्बर ६का वडाध्यक्ष चिन्तामणि पौडेलले ट्रफि प्रदान गरे ।

    गत वर्षको फाइनलमा खेलमा यी दुवै टिम एकआपसमा भिडेका थिए । त्यसबेला पनि वडा नम्बर ५ विजयी हुदै नगरकपको उपाधि जितेको थियो ।

    शुक्रबारको खेल वडा नम्बर ७ र ९ बीच हुने आयोजक समितिका सचिव भिष्म बुढाथोकीले जानकारी दिए । यी दुईबाट विजयी टिम माघ १३ गते हुने फाइनल खेलमा वडा नम्बर ५सँग भिड्ने छन् ।












सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…