• दमक/ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दमक नगर कमिटीले कोरोना रोकथाम एवम् विपन्न समुदायलाई राहतका लागि गठित दमक नगर समन्वय समितिलाई रु ८ लाख नगद हस्तान्तरण गरेको छ।

     

    बुधबार दमक नगरपालिकामा आयोजित संक्षिप्त हस्तान्तरण समारोहमा नगर प्रमुख रोमनाथ ओलीलाई नेकपा दमक नगर कमिटीका अध्यक्ष वोधप्रसाद घिमिरेले नगर कमिटीको तर्फवाट नगद रु ३ लाख एक हजार हस्तान्तरण गरेका हुन् । वांकी ५ लाख रुपैयाँ नेकपाको दमक नगर कमिटी अन्तर्गत नगरका दशवटा वडा कमिटीको तर्फबाट केही दिनमै हस्तान्तरण गरिने नगर सचिव तिर्थराज बस्नेत (शंकर) ले वताए ।

     

    दमक नगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गठित नगर समन्वय समिति कोरोना रोकथाम र विपन्न समुदायको राहतको लागि अहोरात्र क्रियाशील रहेको नगर उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…