• बेलवारी संवाददाता
    बेलवारी ११ लक्ष्मीमार्गका युवाहरुले लडकाउनका कारण दैनिक हातमुख जोर्न धौधौ भएका बिपन्न १९ परिवारलाई बुधबार राहत बितरण गरेका छन् ।

     

    सामाजिक काममा सक्रिय लक्ष्मीमार्ग चौकका मिलन राईको नेतृत्वमा बिरेन माझी,रोशन राई,एवन माझी लगायतका युवाहरुको सक्रियतामा राहत संकलन गरी बितरण गरेका छन ।

     

    बुधबार लक्ष्मीमार्ग चौकको पुर्बपश्चिम राजमार्ग उत्तर टोल नम्बर ३ मा रहेका १९ परिवारलाई चामल,तेल,सोयाबिन,नुन,साग लगायतका सामाग्रीहरु प्रदान गरेका छन । युवाहरुले पहिलो चरणमा राहत बितरण गरेको र परिआएको खण्डमा अन्य दिनमा समेत सहयोग गर्दै जाने युवा मिलन राईले बताए । राहत पाएपछि उनीहरुले यस्तो बिषम परिस्थितिमा पनि युवाहरुले देखाएको मानवता अनुकरणीय रहेको प्रतिक्रिया दिएका छन । लकडाउनका समस्या बिपन्न र पिडितहरुलाई यसरी सहयोग गर्नु सकरात्मक काम भएको युवा समाजसेवी नुतन लिम्बु बताउँछन ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …