• उर्लाबारी, ११ माघ । मोरङको उर्लाबारीमा जारी प्रथम मेयर कप फुटवल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ५ र ७ भिड्ने भएका छन् ।
    उर्लाबारी – ३ स्थित चाईनिज क्याम्प खेल मैदानमा आज भएको दोश्रो तथा अन्तिम सेमिफाईनल खेलमा वडा नम्बर ९ लाई २ – १ गोल अन्तरले हराउँदै वडा नम्बर ७ ले उपाधिका लागि वडा नम्बर ५ सँगको भेट पक्का गरेको हो ।

    यसअघि हिजो भएको पहिलो सेमिफाईनल खेलमा डिफेण्डिङ च्याम्पियन समेत रहेको वडा नम्बर ५ ले छिमेकी वडा ६ लाई ३ – ० गोल अन्तरले हराउँदै फाईनलमा पुगेको थियो । आजको खेलमा वडा नम्बर ७ लाई विजयी गराउन बिबेक ठकुरी र सुरेश राईले एक÷एक गोल गरेका थिए । वडा नम्बर ९ का लागि भने सुहाङ लिम्बुले सान्त्वना गोल फर्काएका थिए । फाईनल भिडन्त पर्सी शनिवार हुनेछ ।

    प्रतियोगिता उर्लाबारी फुटवल क्लबको आयोजना तथा उर्लाबारी नगरपालिकाको मुख्य सहयोग र नगर खेलकुद विकाश समितिको प्राविधिक सहयोगमा भएको हो । प्रतियोगिताको उपाधि विजेताले ७५ हजार तथा उपविजेताले ५० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव भिष्म बुढाथोकीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…