•  युबराज रेग्मी

     

    २७ चैत्र ,झापा / बिश्वब्यापी महामारीको रुपमा फैलदैगएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण लाई मध्यनजर गर्दै

     

    देसभर लक डाउन भएको अवस्थामा दैनिक ज्यालादारी गरि जीवन गुजारा गर्ने अति बिपन्न श्रमिक बर्गलाई लक्ष्यित गरि राहत बितरण गर्न नगरले स्थापना गरेको प्रकोप ब्यबस्थापन कोषमा नगरको बिपत ब्यबस्थापन कोषबाट ४० लाख रकम , जनप्रतिनिधिबाट योगदान गरिएको एक महिनाको तलबतथा भत्ता बापत जम्मा हुन आएको ६ लाख रकम , सुभ लक्ष्मी सहकारी सस्था गौरादह बाट ७० हजार, गौरादह नगर प्याब्सन बाट ५१ हजार, हाम्रो बचत तथा ऋण सहकारी बाट ५१ हजार, सिमृक बचत तथा ऋण सहकारी बाट ५० हजार , नबोदय बहु-उद्देश्य सहकारी बाट २५ हजार, समेत गरि यो समाचार तयार पार्दा सम्म देस बिदेसमा रहेका विभिन्न संघ सस्था एबम दाता महानुभाब बाट बैंक मार्फत र ब्यक्तिगत हस्तान्तरण बाट प्राप्त हुन आएको सहयोग राशी रु ३ लाख ७० हजार ६ सय ६० रुपैया जम्मा भएको जानकारी नगर प्रमुख रोहित कुमार साहले बताए ।

     

    साथै खाध्यान्न सामग्री अन्तरगत कर्णाली बचत तथा ऋण सहकारी बाट ५० हजार मूल्य बराबरको ६२ पोका राहत सामाग्री, जिबन बिकास लघु बित्त सहकारी बाट ५६ पोका राहत सामाग्री ,एन. एम. सि. सहकारी बाट २००० केजि चामल , नेपाल शिक्षक संगठन बाट ५० लिटर खाने तेल , पुर्ब नेपाल बहुउद्देश्यीय सहकारी सस्था बाट बिबिध स्वास्थ्य सामाग्रीहरु राहत स्वरुप सहयोग जम्मा भएको नगर प्रमुख साहले बताए । बिपत ब्यबस्थापनका निमित्त नगरको कार्यपालिका बैठकको निर्णय मुताबिक एकद्वार नीति अनुरुप बिपन्न बर्गलाई राहत बितरण गर्ने निर्णय बमोजिम विभिन्न संघ सस्थाले राहत सामाग्री एबम सहयोग रकम नगरपालिकालाई सहयोग हस्तान्तरण गर्ने क्रम निरन्तर जारि छ ।

     

    राहत बितरणको पहिलो चरण अन्तरगत नगर भित्रका ३२ सय २९ बिपन्न परिवार लाई अत्यावश्यक सामाग्री स्वरुप १० केजि चामल ,१ केजि दाल , १ केजि नुन, १ लिटर तेल बितरण गरिसकिएको नगर प्रमुख साहले बताए । राहत सामाग्री अन्तरगत कुल १४ लाख ८७ हजार १ सय ७० रुपैयाँ लागत मूल्य बराबरको खाध्यान्न सामाग्री , क्वारेन्टाइन ब्यबस्थापन एबम स्वास्थ्यकर्मीहरु लाई स्वास्थ्य सामाग्री खरिद बापत कुल ६४ हजार ४ सय १० खर्च भैसकेको नगरका लेखा साखा कर्मचारी गणेश भट्टराईले जानकारी गराएका छ्न ।

     



    यश बिपदको बिसम घडिमा देस बिदेसमा रहेर आ-आफ्नो तर्फ बाट अमुल्य सहयोग पुर्याउने सहयोगी दाता महानुभाबहरु , निरन्तर सेवामा समर्पित स्वास्थ्यकर्मीहरु , अहोरात्र खटिने सुरक्षाकर्मीहरु , नगरका सम्पुर्ण रास्ट्रसेबक कर्मचारी हरु राहत बितरणका निमित्त आवस्यक तथ्यांक उपलब्ध गराउनुहुने वडाका सम्पुर्ण जन प्रतिनिधिहरु सम्बन्धित वडाका टोल बिकास समितीहरु , साथै संक्रमणकालिन अवस्थामा धैर्य धारण गरि आ-आफ्नो जनस्वास्थलाई ख्याल राखी आफ्नै घरमा बस्न बाध्य हुनुभएका तमाम नगरबासी महानुभाबहरु सेवामा समर्पित एम्बुलेन्स चालकहरु , विभिन्न सवारि चालक हरु , संक्रमणकालको बाबजुद सहि समाचार सम्प्रेषण गरि नगरलाई अमुल्य सहयोग पुर्याउनुहुने सन्चारकर्मीहरु लगायत सम्पुर्ण नगरबासी महानुभाब हरुलाइ गौरादह नगरपालिका र आफ्नो ब्यक्तिगत तर्फबाट यसै सन्चार माध्यम मार्फत नगर प्रमुख साहले धन्यबाद दिएका छन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…