• आजको पञ्चाङ्ग

    बि.सं. चैत २८, २०७६ । इ.सं. 10 April, 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलागा । प्रमादी उत्तरायण वसन्त । शुक्रवार वैशाख कृष्णपक्ष । तिथि तृतीया, २६:०९ बजे उप्रान्त चतुर्थी । नक्षत्र विशाखा , २६:२३ बजे उप्रान्त अनुराधा । योग वज्र, ९:३६ बजे उप्रान्त सिद्धि । करण वणिज १५:१० बजेदेखि भद्रा, २६:०९ बजे उप्रान्त कौलव । चन्द्रराशि तुला । आनन्दादी योग मातंग । दिनमान ३१।३८ । सूर्योदय ५:४६ । सूर्यास्त १८:२६ ।साँखु यात्रा (सको यात)। सर्वार्थसिद्धियोग २६:२३ बजेदेखि ।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन हाँसखेल कनपिनमा जानेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । खुसीको खबर सुन्न पाउनु हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यात्रा गर्ने अवसरपनि प्राप्त हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । - ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…