•  युबराज रेग्मी

     

    २८ चैत्र, गौरादह /

    बिश्वभर कोरोना भाइरस (कोभिड १९ )संक्रमणको उच्च जोखिमका बाबजुद सरकारले देसभर "लक डाउन" गरेको अवस्थामा रोगको सम्भाबित संक्रमणबाट बच्न प्रतिरक्षाका निमित्त हामी सबै नागरिकहरु आ-आफ्नो गृह क्वारेन्टाइनमा बस्नु परेको अवस्था छ ।

    यस्तो संक्रमणकालिन अवस्थामा रोगका आसंकीत र संक्रमीत ब्यक्ती हरुलाई आवस्यक संक्रमण परिक्षण साथै उपचारका निमित्त एबम यशबिसम परिस्थितिमा परिश्रम गरेर दैनिक ज्यालादारी गरि जीवन गुजारा गर्न बाट बन्चित गरिब तथा बिपन्न बर्गिय मजदुरहरुको समस्यालाई समेत सम्बोधन गर्नका निमित्त सरकार लागि परिरहेको अवस्था छ ।

     

    यश बिसम अवस्थामा सस्थागत सामाजीक उत्तरदायित्व( CSR) अनुरुप गौरादह नगरपालिका अन्तरगतका सामुदायिक बिध्यालयहरुमा कार्यरत सम्पुर्ण शिक्षक तथा कर्मचारी हरुले एक दिनको पारिश्रमिक बापत हुन आउने रकम बिपत कोषमा जम्मा गर्न आवश्यक रहेको महसुस गर्दै आज चैत्र २८ गते शुक्रबार गौरादह नगर अन्तरगत रहेका सामुदायिक बिध्यालयहरुका प्रधानध्यापक हरु , शिक्षक तथा कर्मचारी सम्बद्ध पेसागत छाता संगठन नेपाल शिक्षक महासंघ नगर समिति गौरादह लगायत शिक्षा सम्बद्ध सम्पुर्ण संघ, संगठन ,परिषदका पदाधिकारीहरुको आवस्यक सरसल्लाह बमोजिम उक्त रकम सम्बन्धित बिध्यालयका प्र.अ. मार्फत यहि चैत्र ३० गते सम्ममा संकलन गर्ने निर्णय गरिएको छ ।

     

    साथै गौरादह नगर अन्तरगत रहेका सामुदायिक बिध्यालयहरुमा कार्यरत सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुले यश बिपदमा आ-आफ्नो तर्फबाट सहकार्य गर्दै योगदान गरि पुर्ण साथ समर्थन र सहयोग पुर्याउनुहुन हार्दिकताका साथ अनुरोध समेत गरिएको छ । साथसाथै यश संक्रमणकालिन समयावधिभर सम्पुर्ण अभिभाबक हरुले आ-आफ्ना नानि बाबुहरुको अध्ययनमा निगरानी पुर्याइदिनुहुन विशेष अनुरोध समेत गरिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…