• वि।सं।२०७६ साल चैत्र २९ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– चतुर्थी,४६ घडी ३१ पला,रातको १२ बजेर २२ मिनेट उप्रान्त पंचमी । नक्षत्र– अनुराधा,४८ घडी ५७ पला,रातको ०१ बजेर २० मिनेट उप्रान्त ज्येष्ठा । योग– सिद्धि,०२ घडी ४६ पला,बिहान ०६ बजेर ५१ मिनेट उप्रान्त व्यातिपात । करण–बव,दिउसो ०१ बजेर १३ मिनेट उप्रान्त बालव,रातको १२ बजेर २२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४१ पला ।

    मेष – चू,चे,चो,ला,लि,लू,ले,लो,

    चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।

    बृष – ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

    माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । घर परिवारमा आफन्तबिच राय बाजिनेछ । पढाई लेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ ।

    मिथुन- का,की,कू,घ,ङ,छ,के,को,हा

    पढाई लेखाईमा मन नजाने हुँनाले प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुँनेछन् । व्यापार व्यावसायमा घाटा हुनेछ । प्रेममा धोका हुँन सक्छ ध्यान दिनुहोला । सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला ।

    कर्कट- ही,हू,हे,हो,डा,डी,डु,डे,डो

    माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । तरपनि सरसफाई तथा स्वास्थ्यमा ख्याल गर्नुहोला ।

    सिहं-मा,मी,मू,मे,मो,टा,टी,टू,टे

    सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुलेनै दाबि गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाई लेखाई बिग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

    कन्या-टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

    बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुँनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्निबिच राय बाजिनेछ । बाहिरि बाताबरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धि समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वाताबरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ ।

    तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते

    बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा विश्वासको बाताबरण थप मजभुत हुँनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।

    बृश्चिक -तो,ना,नी,नू,ने,नो,या,यी,यू

    सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने तथा नहुँने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुँन सक्छ । आफन्त तथा साथिभाईहरुले नै रुपैया पैसा लिएर फरार हुन सक्छन् । खुट्टा तान्ने तथा फसाउँनेहरु देखि सजक रहनुहोला । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमि हुँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

    धनु-ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

    पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । माया प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।

    मकर-भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

    पढाई लेखाईमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

    कुम्भ-गू,गे,गो,सा,सी,सू,से,सो,दा

    आफन्त तथा साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनिति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

    मीन-दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

    धार्मिक कार्यमा मन जानेछ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ । भिडभाडको यात्रा नगर्नुहोला । स्वास्थ्यमा समस्या आउँन सक्छ खानपानमा ध्यान दिनुहोला ।

    तपाईको दिन शुभ रहोस् ।

    ०००

    यो पनि

    साप्ताहिक राशिफल हेर्नुहोस : चैत्र २३ गते आईतबारदेखी चैत्र २९ गते शुक्रबारसम्मको

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । मंगलबारबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । स्वास्थ्य सम्वन्धी समस्या आउँने तथा दैनिक खर्च बढेर जानेछ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउँने हुनाले कुनै पनि विवादमा सामेल नहुनु होला ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    सोमबार साझसम्मको समय मध्ययम रहेकोले वढि भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । व्यापार व्यावसायमा मन्दी आउँनाले दैनिकी प्रभावित हुनेछ । सोमकार साझबाट समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त । प्रतिस्पर्धीहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । घरमै बसेर गरिने अध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

    साताको सुरु र अन्तको समय राम्रो रहेकोले पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ । समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । मंगलबारबाट समय मध्ययम रहेकोले घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । तरपनि कृषी तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ । आट पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । तरपनि नीति नियमको पूर्णरुपमा पालन गर्नुहोला । भिडभाडको यात्रा नगर्नुहोला ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

    वन्द व्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखि हुनेछ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । रुपैयापैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय राम्रो रहेकोले समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु विच घनिष्टता बढेर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । तरपनि भिडभाडको यात्रा नगर्नुहोला ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    साताको सुरु र अन्तको समय राम्रो रहेकोले सरकारी धन तथा पैत्रिक सम्पतीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । मंगलबार बुधबारको समय मध्ययम रहेकोले बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्तविच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला । नीति नियमको पालन गर्दा ध्यान दिनुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    सोमबार साझसम्मको समय मध्ययम रहेकोले धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । मायाप्रेम तथा पतीपत्नी विच केहि विषयमा मनमुटाव बढ्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बाहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ । मंगलबारबाट समय राम्रो रहेकोले पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धन सम्पतिको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । तरपनि भिडभाडमा यात्रा नगर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । आउने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय राम्रो रहेकोले राजनीतिमा समय लगानी गर्र्नेहरुले पद पाउँने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । प्रणय सम्वन्ध थप बलियो बन्नेछ । तरपनि स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा विशेष ध्यान दिनुहोला । वढि भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । भौतिक तथा विलाशी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा बिशेष ध्यान दिनुहोला । वढि भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला ।

    तपाईको दिन शुभ रहोस ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…