• शिवसताक्षी / निजी विद्यालयहरुको संगठन प्याब्सनले झापाको शिवसताक्षी नगरपालिकाको विपत ब्यबस्थापन कोषमा १ लाख १ हजार १११ रुपैयाँ जम्मा गरेको छ ।

    शिवसताक्षी नगरमा रहेका निजी विद्यालयहरुको छाता संगठन प्याब्सन नगर समितिले कोषमा रकम जम्मा गरेको प्याब्सन शिवसताक्षी अध्यक्ष अमृतकुमार तिम्सीनाले बताए । शिवसताक्षी नगरमा कम्तिमा २५ निजी विद्यालय छन् ।
    सेभेनसिज र ओएसिस ईंलिस बोर्डिङ स्कूलको नगद १४ हजार प्याब्सन झापाका सदस्य डम्बर खड्कालाई बुझाउदै सेभिनसिजका कार्यकारी

    प्रमुख उदयप्रकाश राई । तस्वीर / वेलकम सताक्षीधाम
    प्याब्सन नगर समितिले शुक्रबार शिवसताक्षी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शेर्मालाई सो रकम हस्तान्तरण गरेका हुन् । प्याब्सन झापाका सल्लाहकार समितिका सदस्य टंक अधिकारी, जिल्ला समितिका सदस्य डम्बर खड्का, प्याब्सन नगर समितिका उपाध्यक्ष राम सुहाङ्ग, सचिव डिगम पराजुली लगायतको टोलीेले रकम हस्तान्तरण गरेको हो ।

    यस अघि रेडरोज ईलिंस बोर्डिङ्ग स्कुलले नगद १० हजार कोषमा जम्मा गरेको थियो ।
    विश्व नै कोरोनाको कारणले भयावह अवस्थामा पुगेको कारण मुलुकलाई सहयोग गर्नु आफूहरुको पनि दायित्व भएकोले नगरपालिकाको विपत कोषमा रकम जम्मा गरेको प्याब्सन शिवसताक्षीका अध्यक्ष अमृतकुमार तिम्सिना ले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…