• रत्ननगर, चितवन, माघ ११ गते । प्रणय दिवसका अवसर पारेर यही माघ २८ गतेदेखि चितवनको रत्ननगरस्थित सौराहामा १२औँ सौराहा खाना महोत्सव (फुड फेस्टिबल) हुने भएको छ ।

    रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूहको सहआयोजनामा सो महोत्सव हुन लागेको आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    माघ २८ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने १२औँ संस्करणको महोत्सवको तयारी तीव्र पारिएको कार्यक्रम संयोजक कपिल रेग्मीले जानकारी दिनुभयो । महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन हुने आयोजकले जनाएको छ ।

    पत्रकार सम्मेलनमा रेग्मीले प्रणय दिवस पारेर आयोजना गरिएको महोत्सवमा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेस्टुरेन्टमा खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको घोषणा गर्नुभयो । सौराहामा यो समय पर्यटकको मौसम नहुने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि खाना महोत्सव आयोजना हुँदै आएको छ ।

    महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० वृद्धवृद्धा र अपांगलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो ।

    यस्तै ४० प्रतिशत रकम घुम्ती शौचालन निर्माणका लागि, पाँचप्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने उहाँकोे भनाइ छ ।

    महोत्सवमा कूल रु ७० लाख आम्दानी हुने र रु ५५ लाख खर्च हुने तथा दैनिक ३० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको रेवानका पूर्व अध्यक्ष लालबहादुर भट्ट, राजनले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कला संस्कृति प्रदर्शन गरिने जनाइएको छ ।

    महोत्सव अवधिभर सांगीतिक कार्यक्रमबाहेक वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्यूजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृङ्गार प्रतियोगितालगायत कार्यक्रम राखिएको जनाइएको छ

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…