• दमक/नेपाल कम्युनिष्ट पार्टि (ने.क.पा) वार्ड कमिटी दमक २; ले वार्ड लाई काेराेना प्रकाेपकाे महामरीकाे समयमा निम्न वर्गका जनताहरुलाई जीविकोपार्जनका निम्ति समस्या नहाेस भन्ने उदेश्य ले २८०० केजी चामल र २० कार्टुन तेल राहत सामाग्री हस्तान्तरण गरेकाे छ ।

     

    पार्टीका सदस्यमाझ बाट उठाईएकाे रकमबाट उक्त राहत रकम खरिद गरि हस्तान्तरण गरिएकाे पार्टि नगर कार्यालय सदस्य तथा वार्ड ईन्चार्ज बिनाेद तिम्सिनाले बताए दमक २ मा अायाेजित राहत समाग्री हस्तान्तरण कार्यक्रममा वार्ड कमिटि अध्यक्ष पुष्प अधिकारीले वार्ड समितिकाे तर्फबाट उक्त राहत सामाग्री हस्तान्तरण गरेका थिए।साेहि क्रममा राहत सामग्री लिंदै वार्ड समितिका अध्यक्ष प्रजापति सापकाेटाले सिंगाे पार्टि वार्ड कमिटिले प्रदान गरेकाे राहत सामग्रीले वार्डमा बसाेबास गर्नु हुने निम्न वर्गका जनसमुदायलाई अावश्यक खाद्यान्न प्रदान गर्न ठूलाे मद्दत हुने बताए ।



    पार्टि वार्ड सचिव ललित विकले संचालन गरेकाे कार्यक्रममा नगर सचिवालय सदस्य तथा दाता नेत्र पाेखरेल, नगर सदस्य तथा दाता रुद्र कार्कि, जय भट्टराई, गंगा दुलाल साथै वार्ड समिति सदस्य टंक गाैतम, राजु धिमाल र पार्टि सदस्य तथा दाता जनार्दन मैनालीकाे समेत उपस्थिति थियाे । पार्टिलाई राहत सामाग्री बापत रुद्र कार्कीले ७७५ केजी, गुणराज थापाले ६२५ केजी र जनार्दन मैनालीले ७५० केजी चामल दिएर अावश्यक सहयाेग गरेका थिए।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…