• दमक, माघ ११ गते । पूर्वका शरणागत ज्येष्ठ भुटानीले शरणार्थी भएर आफूहरु राज्यविहीन हुनुपरेको भन्दै संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) समक्ष आफना गुनासो गरेका छन् । शिविरमा आश्रित तथा तेस्रो देशमा पुनर्वास भए पनि आफूहरु राज्यविहीन हुनुपरेको उल्लेख गर्दै पूर्वका शरणागत ज्येष्ठ नागरिकले संयुक्त राष्ट्रसंघीय संस्थामा गुनासो गरेका हुन् ।

    दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी ज्येष्ठ नागरिक समितिले आज स्थानीय युएनएचसिआर फिल्ड कार्यालय दमकमार्फत अमेरिकाको जेनेभास्थित उच्चायोगको मुख्यालयमा त्यस्तो पत्र पठाएका छन् । महासचिवसहित अमेरिकी राष्ट्रपति, नेपालका प्रधानमन्त्रीलाई पनि सोही पत्र बोधार्थका रुपमा पठाइएको समेत समितिका संयोजक हर्कजङ सुब्बाले बताउनुभयो । शिविरका दुई दर्जनभन्दा बढी ज्येष्ठ नागरिकको हस्ताक्षारसहित त्यस्तो पत्र दातृ निकायसहित राष्ट्रप्रमुखको ध्यान कर्षण गरिएको उल्लेख छ । उहाँले आफूहरु शरणार्थी भएर लामो समयदेखि शिविरमा बस्दै आए पनि आपूmहरु राज्यविहीनसँगै मौलिक हकअधिकारबाट वञ्चित हुनुपरेको बताउनुभयो । शिविरमा दातृ निकायमार्फत दैनिक गुजारामा सहयोग दिँदै आए पनि आफ्ना अधिकार र स्वदेश फिर्तीको सकारात्मक पहलमा भने अढाइदशक बित्दा पनि कतै सुनुवाइ नभएकामा उच्चायोगका अधिकारीसमक्ष न्यायिक पहलका लागि अपिल गरिएको संयोजक सुब्बाले जानकारी दिनुभयो । समितिले शरणार्थीका लागि तत्काल विकल्पका रुपमा तेस्रो देश पुनर्वास प्रक्रिया शुरु गरिए पनि त्यसले शरणार्थीभित्र थप पीडा जन्माएको उल्लेख छ । यसैबीच अर्गनाइजेशन अफ भुटानिज कम्युनिटी इन अमेरिकाले भुटानी शरणार्थीको समस्या लामो समयदेखि समाधान हुन नसकेको भन्दै अब नेपाल सरकारले यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग राखेको छ । समूहका अध्यक्ष दिलीप दाहालले विज्ञप्तिमार्फत भुटानी शरणार्थीको दिगो समाधान भनेको स्वदेश फिर्ती एकमात्र विकल्प भएको भन्दै भुटान सरकारले आफ्ना नागरिक लान इन्कार गरे यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नेपाल सरकारसँग माग राखेका हुन् । सो समूहले भुटानी शरणार्थी मामिला सधैँका लागि समाधान गर्न विभिन्न व्यक्तिसँग छलफल गर्दै नेपालका विभिन्न राजनीतिक दल, तिनको नेतृत्व, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ, नेपालस्थित अमेरिकी दूतावास र युएनएचसिआरका प्रतिनिधिसामु चार बुँदे माग प्रस्तुत गरेको जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…