• ताप्लेजुङ, २९ चैत 
    सदरमुकामबासीलाई पाथीभरा क्षेत्र विकास समितिले रायोको साग निःशुल्क वितरण गरेको छ । लकडाउनका बेला घरैमा बसिरहेका बजारबासीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाथीभरा क्षेत्रमा पर्ने तल्लो फेदीका विष्णु पौडेलले निःशुल्क प्रदान गरेको एक हजार ४७५ मुठा साग समितिले घरघरमा नै वितरण गरेको हो ।

     

    सवारी साधनमार्फत घरघरमा पु¥याएर वितरण गरिएको समितिका सदस्य गोपाल न्यौपानेले जानकारी दिनुभयो । सागको ढुवानी, वितरणलगायत काममा समितिसहित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति समेत सहभागी थियो । लकडाउनका कारण घर वरपर निस्कन नपाएका र संक्रमणको जोखिमले नजीकै लाग्ने हाटबजारमा निस्कनसमेत डराइरहेका बजारबासीले घरैमा लेकमा उत्पादित हरियो साग पाउँदा खुशी व्यक्त गरे । साग निःशुल्क वितरण गर्ने पौडेलले ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रमा समस्या हुने देखेर सहयोग गरिएको बताउनुभयो ।(रासस) 

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …