युबराज रेग्मी २९ चैत्र , झापा/
प्रदेस न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्किको गृह जिल्ला झापाको कमल गाउपालिका वडा न १ सोलमारिमा आज सनिबार एकाबिहानै स्थिती तनाब भएको छ ।
अनाजको भन्डार मानिने झापा जिल्लाको अधिकाम्स भुभागमा यति खेर चैते धान र मकै बाली लगाइएको छ । कृषि बालिमा उब्जनी बढाउनका निमित्त आवस्यक पर्ने रासायनिक युरिया मलको आपूर्ति हाल बिश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोक्न देस भर "लक डाउन " गरिएका कारण परिबहन प्रभाबित भइ रासायनिक मल उपलब्ध नहुदा बिगतमा भन्दा यश बर्स किसानहरु थप मर्कामा परेका छ्न । कृषि बालि उब्जनी बढाउन प्रयोग गरिने रासायनिक मल पर्याप्त उपलब्ध नहुदा उब्जनीमा ह्रास आउने चिन्ताले किसान हरु छ्ट्पटिमा परेका छ्न । देसै भर रासायनिक मलको हाहाकार हुदा त्यसको प्रभाब झापा जिल्लामा पनि प्रत्यक्ष रुपमा परेको देखिन्छ ।
बिगतका बर्सहरुमा झै धान बालीको समयमा रासायनिक मलको आपूर्ति अभाब हुने तथा यश बर्स बिश्वभर कोरोना भाइरस संक्रमणको महामारिको थप सन्त्रासले आपूर्ति ब्यबस्था झन असहज हुदा रासायनिक मलको हाहाकार जिल्लाभर रहेको पाइन्छ । जिल्लाभर रहेका विभिन्न कृषि सहकारी तथा मल बितरण केन्द्र मार्फत निस्चित कोटाको मल आपूर्तिले किसानको ठूलो माग लाई थेग्न नसक्दा यश पटक जिल्लाको कृषि उपजमा गिरावट आउनका साथै यसको प्रत्यक्ष प्रभाब देसको कुल ग्राहस्थ उत्पादनमा पर्ने देखिन्छ । यस्तै परिदृस्य अनुरुप प्रदेस न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको गृह जिल्ला झापाको कमल गाउपालिका वडा न १ सोलमारीमा रहेको मल बितरण केन्द्रमा सयौ कृषकहरु रासायनिक मल( युरिया) लिन एकाबिहानै घुइँचो लागेका थिए । कमल गाउपालिका वडा न १ सोलमारी स्थित श्री द्रब्यलाभ कृषि सहकारी संस्था लि. ले बिक्री बितरणका लागि ४० बोरा युरिया मल ल्याएको थाहा पाउनासाथ सयौ किसानहरु एकाबिहानै युरिया मल लिन बितरण स्थलमा लाम बद्द भएका थिए । सहकारी लाई उपलब्ध ४० बोरा मल प्रती किसान २० केजिको दरले बितरण गरिने जानकारी पाउना साथ आस पासका सयौ किसानहरु एकाबिहानै मल लिनका निमित्त लाम बद्द भएका थिए ।
आज सनिबार बिहान ७.०० बजे बाट प्रति ब्यक्ति २० केजिका दरले बाड्ने तय गरिए पनि किसानहरुको अत्याधिक भिडका कारण मल बितरक लाई हम्मे हम्मे परेपछी बितरण कार्य स्थगित गरिएको थियो । झापाका अधिकाश सहकारीहरुले कोरोना भाईरस नियन्त्रणका निमित्त सरकार द्दारा आव्हान गरिएको लकडाउनका बाबजुद उपलब्ध रासायनिक मल बितरण गर्दै आएका छ्न ।
मलको हाहाकार भए पस्चात मल बितरण गरिने अधिकाम्स स्थान हरुमा कृषक हरुको अत्याधिक घुइँचो लाग्ने गरेको पाइएको छ ।तसर्थ अनावश्यक भिड नियन्त्रण गर्न सुरक्षा निकाय हरुले केही दिन यता देखि सुरक्षा सतर्कता बढाइएको छ ।
कोरोना भाइरसको संक्रमण बाट जोगिन साबधानी अपनाउनका निमित्त सरकारले "लक डाउन "गरेको अवस्थामा उक्त स्थानमा रासायनिक मल युरिया लिन मानिस हरुको अत्याधिक घुइचो लागेको जानकारी पाउना साथ बैगुन्धुरा स्थित ससस्त्र प्रहरि बलको सुरक्षा टोलि तत्काल उक्त स्थानमा उपस्थित भइ मल बितरण कार्य तत्काल स्थगित गराइ भिड लाई नियन्त्रणमा लिएको थियो । यस्तो परिस्थिती सृजना भए पश्चात् मल पाउने आसमा उपस्थित भएका सम्पुर्ण किसानहरु रित्तो हात घर फर्कन बाध्य भएका थिए । प्रती बोरा रु ८५० मा बिक्री गरिने मल यतिबेला सहकारी हरुले प्रती बोरा रु १००० मा खुलेआम बिक्री बितरण गर्दा यश बिसयलाई सम्बन्धित निकायले ध्यान नदिएको अधिकाम्स किसान हरुको गुनासो रहेको पाइन्छ ।